सगुनप्रति नेपालीको आकर्षण बढ्दो

काठमाडौं: गैरआवाशीय नेपालीहरुले सगुनको सफलताको कामना गरेका छन्। एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेले नेपालीले सुरु गरेको सगुन सफल हुने विश्वास व्यक्त गरेका छन्।
यस्तै पुर्वअध्यक्ष देवमान हिराचनले भारतले आइटी क्षेत्रमा विश्वभर नेतृत्व गरिरहेका बेला नेपालीहरुले सुरु गरेको सूचना प्रविधिको प्रोजेक्ट नयाँ उचार्इ लिने दावी गरे।
एनआरएनएका पूर्व उपाध्यक्ष कुलप्रसाद आचार्यले बेलायतमा सगुनप्रति ठुलो आकर्षण रहेको र यसलार्इ अझै धेरै नेपालीको माझ लैजान सगुन टीमलार्इ सुझाव दिए।
एनआरएनएका पूर्व उपाध्यक्ष कुमार पन्तले पनि सगुनप्रति युवाहरुको चासो बढ्दै गएको बताए। उनले सगुनलार्इ पारदर्शी बनाएर सबैलार्इ समेट्ने गरी कार्यक्रम बनाउन सुझाव दिए।