कतारमा सोनाम ल्होछार २८५४ भव्यताको साथ मनाउने तयारी

कतार। नेपाल प्रवासि तामाङ समाज कतारको ८ सेप्टेम्बर २०१७ मा दोहा स्थित द्वारकुतुप पार्कमा बसेको पुर्ण कार्यसमितिको बैठक द्वारा “तामाङ जातिको परिवर्तन, आर्थिक तथा शैक्षिक सुदृढिकरण” भन्ने मुल नाराका साथ विगतमा झै यो बर्षपनि सोनाम ल्होछारलाई भव्य रुपमा मनाउने निर्णय गरेको छ।
सोनाम ल्होछार २८५४ (मन्जुश्री सम्बत) खि लो (कुकुर बर्ग) यहि अउदो १९ जनवरि २०१८ का दिन मनाउने निर्णय गर्दै खि ल्होछार मुल आयोजक समितिको संयोजकको रुममा नेत्र वाईवा तामाङ लाई तोकिएको छ भने सह-संयोजक तथा आर्थिक व्याबस्थापकको रुपमा सञ्जय डिम्डुङ तामाङ लाई जिम्मा दिईएको छ। संयोजन समितिको सदस्यहरुमा धिरेन तामाङ, गौतम तामाङ, पासाङ तामाङ, पुष्पा मोक्त्तान तामाङ, सानु घिसिङ, अस्मिता घिसिङ तामाङ र ईश्वार तामाङ रहेको छ।
कार्यक्रम संयोजक तामाङका अनुसार नेपालबाट आउने अथितिकलकार र कतारमा रहेको स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने उक्त्त कार्यक्रमको लागि हल र अथिति कलाकारहरु फिक्स गर्ने कार्य तिब्र रुपमा अघि बढिरहेको जानकारी दिनु भयो।