हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

डोनाल्ड ट्रम्प र साउदी राजकुमार विन तलालको दुश्मनी

गत शनिबारदेखि साउदी अरेबियामा फरक परिदृश्य देखिएको छ। युवराजले आफ्नै निकट पारिवारिक नातेदार रहेका  शाही राजकुमारहरु लगायत केही ब्यवसायीहरुलार्इ भ्रष्टाचारको आरोपमा धमाधम पक्रन थाले।

उच्च पदका अधिकारी तथा राजकुमारहरु नै भ्रष्टाचारको आरोपमा पक्राउ पर्न थालेपछि साउदीका नागरिकहरुमा आश्चर्य फैलियो। साउदीका एटोर्नी जनरल शेख सउद अल मोजेबले यो पक्राउलार्इ भ्रष्टाचार निवारणको अभियान भएको बताएपनि नागरिकहरुले अचानक आएको यो फेरबदलले के संकेत गरिरहेछ बुझ्न सकेका छैनन्।

११ जना शाही राजकुमारहरु चार पूर्व  मन्त्री तथा दर्जनौं अन्य मन्त्री तथा ब्यापारीहरुलार्इ पक्राउ गर्न युवराज सलमानको नेतृत्वको कमिटीले नै आदेश दिएको थियो। शाही कुको रुपमा यो पक्राउको ब्याख्या भैरहेका बेला हाइप्रोफाइल अर्बपति राजकुमार अल वालिद विन तलाल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको कटुसम्बन्धले यो प्लट बिकास भएको खुल्न आएको छ।तलाल फोर्ब्सले तयार पार्ने विश्वका धनीहरुको सूचीमा १८ अर्ब डलरसहित खाडीका सबैभन्दा धनी व्याक्तिका रुपमा सूचित थिए।

एक महिनाअघि रियादको रिट्ज कार्लटन  होटलको फ्युचर इन्भेष्टमेन्ट फोरमको भब्य समारोहमा राजकुमार तलाल हाइप्रोफाइलका रुपमा सहभागी थिए एक महिनापछि उनले त्यसै होटलको छिंडीमा कम्बल ओढेर रात बिताए। शायदै यो कल्पना तलालले गरेका थिए।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको जटिल सम्बन्ध तलाललार्इ धेरै महंगो सावित भयो । दुर्इ दशकभन्दा अघि ब्यापारिक सम्बन्ध बनाएका ट्रम्प र तलालको सम्बन्ध अन्त्यमा यति कटु बन्यो कि ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि तलालको पतनकालागि ब्यक्तिगत रुपमै उत्रिए। उनीहरु दुर्इबीच सन् १९९१ देखि नै ब्यापारिक कनेक्सन थियो। ट्रम्पको याच कम्पनी तथा रियल स्टेट कारोबारमा समेत तलालको संलग्नता थियो।

पछिल्लो समयमा यी दुर्इको दुश्मनी सामाजिक संजालमा पनि छताछुल्ल हुन थालेको थियो।ट्रम्पले अमेरिकाको राष्ट्रपतिको उम्मेदवारी दिएको बेला तलालले उनी उम्मेदवार हुन लायक नभएको भन्दै ट्विट गरेका थिए। उनले ट्रम्पको उम्मेद्वारीलार्इ अमेरिकाको अपमानको सज्ञा दिँदै राष्ट्रपतिको दौडबाट नाम फिर्ता लिन भनेका थिए।

ट्रम्पले पनि यसको जबाफ ट्विटरबाटै दिए। ट्रम्पले पितापुर्खाको सम्पतिबाट अमेरिकी नेतृत्वलार्इ काबुमा राख्न चाहेको भन्दै आफू अमेरिकाको राष्ट्रपति भएमा त्यसको अन्त्य गर्ने धम्की दिएका थिए।पछि ट्रम्पले नै राष्ट्रपतिको चुनाव जितेपछि तलालले अतितमा आफूहरुबीच मतभेद भएपनि अमेरिकी जनताको निर्णयलार्इ स्वागत गरेको बताउँदै राष्ट्रपति भएकोमा बधार्इ दिएका थिए।

सन् २०१७ को सुरुमै ट्रम्पले अमेरिकाका राष्ट्रपतिको हैसियतमा साउदी अरेबियाको भ्रमण गरे। भ्रमणका समयमा उनले हालका युवराज मोहम्मद विन सलमानसँग बिशेष भेटवार्ता गरे। त्यसपछि सलमान र ट्रम्पका ज्वाँइ  तथा सल्लाहकार जारेड कुशनरबीच बीचबीचमा गोप्य भेट हुन थाल्यो। दुर्इबीच बिशेष सम्बन्धको विकास भएको र उनीहरु अति नै घनिष्ठ देखिएको बताइन्छ। ज्वाइ कुशनरले तीनपटकसम्म साउदी अरेबियाको गोप्य भ्रमण गरे ।

यसक्रममा उनले युवराज सलमानसँग रणनीतिक योजनाहरुसमेत बनाएको खुलासा भएको छ। गत महिनामात्रै गोप्य  रुपमा साउदी अरेबियाको भ्रमण गरेका कुशनरले सलमानसँग रातरातभर रणनीतिक योजनाहरु बनाएको वासिङ्टन पोष्टका पत्रकार डेविड इग्नाससले खुलासा गरेका छन्। यसै पृष्ठभूमिमा राजकुमार तलाल पक्राउ परेका हुन्। तलालको पक्राउपछि एशियाली मुलुकको भ्रमणमा रहेका ट्रम्पले यस्तो ट्विट गरेका छन्।

एक अर्काको कटु आलोचक रहँदै आएका तलाल र ट्रम्प सन् १९९१ ताका ब्यापारिक सम्बन्धको विकास गरेका थिए। हाल ट्रम्पका कानुनी सल्लाहकार रहेका टाइ कोब बर्षौदेखि राजकुमार तलालका कानुनी सल्लाहकार रहँदै आएका थिए।  सन् २०१३ को सेप्टेम्बरमा कोबका फर्मका पार्टनरले लेखेको इमेलबाट पुष्टि हुन्छ उनले तलालका अति संवेदनशील तथा गोप्य मामिलामा समेत  सल्लाहकारको भूमिका निभाउँदै आएका थिए।गत जुलाइमा कोब ट्रम्पको क्याम्पमा जानुले पनि तलाल पक्राउको पृष्ठभूमि लामो समयदेखि  तयार पारिँदै आएको प्रष्ट हुन्छ।

लन्डनको सेवोय होटलका मालिक तलाल १७ अर्ब डलर सम्पति भएका अर्बपति हुन्। उनलार्इ फोर्ब्सको धनाढ्यहरुको सूचिमा देखिन्छ। उनले किङडम होल्डिङ्स् इन्भेष्टमेन्ट कम्पनीमा पनि शेयर रहेको छ। ट्विटर, एप्पल तथा सिटी ग्रुप बैंक, फोर सिजन्स होटल तथा रुपर्ट मुर्डकको कम्पनी न्यूज कर्पोरेसनमा पनि तलालको लगानी रहेको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution