चितवनमा नि:शुल्क बौद्धधर्म तथा सम्भोट लिपि प्रशिक्षण सिविर उत्घाटन

चितवन – तामाङ बौद्ध महासंघ नेपालको आयोजना तथा तामाङ बौद्ध महासंघ मलेशिया प्रायोजनमा तामाङ बौद्ध महासंघ नेपाल म्हाणीपा आमा समुह तीन महिने नि:शुल्क बौद्ध धर्म सम्भोटा लिपि प्रशिक्षण सिविर उत्घाटन समारोह चितवनको सालघारीमा तामाङ बौद्ध महासंघ नेपालका अध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङको प्रमुख आदित्यतामा र कार्यकारि उपाध्यक्ष श्रद्रय बौद्ध धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङको बिशेष अतिथि साथै कार्यकारी सचिव टेकराज मोक्तान तामाङको उपस्थितिमा सम्पन्न भएको छ |
उक्त कार्यक्रममा तामाङ बौद्ध महासंघ नेपालका अध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुर खेन रिन्पोक्षे गेशे ङिमा तामाङको मुखार बिन्दुबाट उपस्थित तामाङ जन समुदायमा बौद्ध धर्म संस्कार जन्म देखि मृत्यु लगायत तामाङ संस्कार र संस्कृतिको बारेमा प्रबचन तथा जानकारी दिनु भएको थियो |
श्रद्रय बौद्ध धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङको मुखार बिन्दुबाट सम्भोटा लिपी सिक्नुको महत्त्व , सिकेमा के हुन्छ र किन सिक्नुपर्छ भन्नु हुदै सम्भोटा लिपि सिकेमा सम्पुर्ण बुद्धका वचनहरुलाई सजिलो सँग बुझ्न सकिने महत्त्व छ। सम्भोटा लिपि किन सिक्नु पर्छ भन्दा बुद्धका सबै वचन जस्तै काग्युर तेङ्ग्युर भुम जस्ता महत्त्वपूर्ण बुद्धका वचनहरु सम्भोटा लिपिमा बद्द भएको कारण समभोटा लिपि सिक्नु पर्छ। यदि हामीले सम्भोटा लिपि नसिकेमा बुद्ध वचनहरुलाई बुझ्न सकिने छैन भनेर प्रबचन दिनु भएको थियो |
चितवनबाट सुरु भएको यो धार्मिक यात्रा पाँच बर्ष भित्र देश भरिको २५ जिल्ला सम्म पुर्याउने मुल लक्ष्य पनि उपस्थित तामाङ जन समुदाय मा रिन्पोछेले जानकारी दिनु हुदै तीन महिने नि:शुल्क सम्भोटा लिपि तथा बौद्ध धर्म शिक्षा प्रशिक्षण कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो | अन्तमा हेटौंडा , चितवन , पर्सा ,मकवानपुर जिल्लाको विभिन्न तामाङ गाउँमा बौद्ध धर्म शिक्षाको अति आवस्यक रहेको र त्यस ठाउँहरुमा पनि नि:शुल्क बौद्ध धर्म शिक्षा संचालन गर्न तामाङ बौद्ध महासंघलाई निमन्त्रणा गरेको र त्यस निमन्त्रणालाई स्वीकार्दै कार्तिक २० गते बिहान् बिदा बादी गरि काठमाडौ फर्किनु भएको तामाङ बौद्ध महासंघ मलेसियाका महासचिव सोनामनोर्बु बोम्जन तामाङले तामाङ अनलाइनलाई जानकारी दिनु भएको छ |