हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बाम गठबन्धनले गर्यो:चुनावी घोषणापत्र सार्वजनिक,के के छन् प्रतिबद्धता ?

काठमाडौं—बाम गठबन्धनले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। नेकपा एमाले र माओवादी केन्द्र सम्मलित गठबन्धनले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोटेश्वरस्थित रोयल ब्याङ्केटमा घोषणा पत्र सार्वजनिक गरे।

वाम गठबन्धनले १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने महत्वाकांक्षी योजनासहित आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लक्षित घोषणापत्र जारी गरेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय वार्षिक ८० हजार रुपैयाँ हाराहारी छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि तयार पारिएको वाम गठबन्धनको घोषणापत्रले दशकभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्दै मुलुकलाई यही शताब्दीमा समुन्नत राष्ट्र बनाउने घोषणा गरेको छ।

गठबन्धनले पाँच वर्षभित्रमा खाद्यान्न निर्यात गर्ने महत्वाकांक्षी योजना पनि अघि सारेको छ। हाल मुलुकको वैदेशिक व्यापारको अवस्था भने निराशाजनक छ। गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा नौ खर्ब नौ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा नौ खर्ब ८४ अर्ब ६ करोड ७८ लाख रुपैयाँको आयात हुँदा निर्यात जम्मा ७४ अर्ब ७१ करोड २६ लाख रुपैयाँ थियो।

‘घर–घरमा बिजुली: जन–जनमा सेयर’ जस्तो लोकप्रिय नारा अघि सार्दै १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा समेत वाम गठबन्धनको छ। उसले बिजुलीबाट वञ्चित घरपरिवारमा दुई वर्षभित्र बिजुली उपलब्ध गराउने र आगामी तीन वर्षमा सिंगो नेपाललाई विद्युतीकरणमा लगिने वाचा गरेको छ।

त्यसैगरी, यसअघि एमालेले घोषणा गरेको पानी जहाज चलाउने योजनालाई वाम गठबन्धनले पनि निरन्तरता दिएको छ। भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गर्दै प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने घोषणा गरेको छ।

‘आगामी तीन वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गरिने छ,’ घोषणपत्रमा भनिएको छ। आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबीसै घन्टा पर्याप्त विद्युत् उपलब्ध गराउने घोषणा पनि गठबन्धनले गरेको छ।

त्यसैगरी, पूर्वाधारतर्फ काठमाडौं–तराई द्रुत मार्ग चार पर्षभित्र निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र आठ र ६ लेनमा स्तरोन्नति गर्ने जनाएको छ। उत्तर–दक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सिमानासम्म चार र ६ लेनका राजमार्ग निर्माण गर्ने र हिमाली जिल्लाका सदरमुकामदेखि नेपाल–चीन सिमानासम्म दुई र चार लेनका राजमार्ग निर्माण गर्ने घोषणा वाम गठबन्धनको छ।

बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक

आगामी १० वर्षभित्र सम्पन्न हुने गरी जलमार्ग, पदमार्ग, केबलकार तथा घोडेटो र गोरेटो बाटोे निर्माण, विस्तार एवं स्तरोन्नतिका वृहत् परियोजना सञ्चालन गर्ने जनाएको छ। पर्यटनको विकासका लागि ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने गरी ‘हिमाली पर्यटकीय पदमार्ग’ निर्माण गर्ने योजना गठबन्धनको छ।

त्यसैगरी, वाम गठबन्धनले आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरुमा रेल सञ्चालन गर्ने र काठमाडौं लगायत अन्य मुख्य सहरमा मेट्रो र मोनोरेल चलाउने जनाएको छ । राजधानी काठमाडौंलाई छिमेकी मुलुकसँग रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रसँग द्रुतमार्गद्वारा जोडिने उसले बताएको छ।

दुई वर्षभित्रमा भैरहवा र तीन वर्षभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने योजना उसको छ । आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल र तीन वर्षभित्र अत्याधुनिक प्रविधिमा धरहरा पुनःनिर्माणको घोषणा गरिएको छ । कोसी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गका सम्भाव्यता अध्ययन गर्ने बुँदा पनि घोषणपत्रमा छ । आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने योजना वाम गठबन्धनको छ । हाल मुलुकमा वार्षिक झन्डै ८ लाख पर्यटक आउने गरेका छन्।

त्यसैगरी, दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न तथा माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने घोषणा वाम गठबन्धनले गरेको छ । पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याउने र सबैका लागि खाद्य पोषण सुरक्षा प्रत्याभूत गर्ने घोषणा पनि छ।

सम्पूर्ण कृषिभूमिमा सुपरजोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल एउटै बाली उत्पादन गर्ने प्रतिबद्धता जनाउँदै कृषि फार्महरुमा डेरी, पोल्ट्री, पशुपन्छी, मौरी र माछापालन र खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादन र बीउ सुरक्षा कार्यक्रम लागू गर्ने योजना घोषणापत्रमा छ। मुलुकको अर्को प्रमुख दल नेपाली कांग्रेसले कात्तिक १३ गते नै प्रतिनिधिसभा र प्रदेशसभा लक्षित आफ्नो घोषणापत्र जारी गरिसकेको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution