दम्पतीवीचको झगडका कारण विमानको आपतकालीन अवतरण

दिल्ली– कतार एयरवेजको दोहाबाट बाली जाने विमान एक दम्पतीवीचको झगडका कारण आपतकालीन अवतरण गराइएको छ । विमान भारतको चेन्नई विमानस्थलमा अवतरण गराइएको हो । इरानी जोडी छुट्टि मनाउन बाली जाँदै थिए |
उडानका बेला महिलाले आफ्नो पतिको मोवाइल हेरिन्, अनि थाहा भयो कि पतिका अरु कसैसँग प्रेमसम्बन्ध छ । रिसमा आएकी पत्नीले पतिसँग झगडा गर्न थालिन्, जसका कारण विमानको चेन्नईमा अवतरण गराउनुपर्यो ।
यो दम्पती र उनका बच्चालाई चेन्नईमा छाडेर विमान बालीका लागि उडेको थियो । खासमा महिलाले सुतेका पतिको औला प्रयोग गरेर मोवाइल खोलिन र त्यहाँ भएका कुराकानी हेरिन् ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई सरकारी अधिकारीहरुले भनेका छन कि, जोडीसँग बच्चा पनि थिए र यो जोडीलाई चेन्नईबाट फेरि दोहा पठायो किनभने उनीहरुसँग भारतीय भिसा थिएन् ।
शुरुमा एयरवेजका कर्मचारीले ती महिलालाई शान्त गराउन कोशिष गरे । तर, पनि महिलाको रिस कम भएन । यो परिवार एक दिन चेन्नईमा बस्यो र त्यहाँबाट मलेशिया पठाइयो । कतार एयरवेजले नीजि मामला रहेको भन्दै यो विषयमा केही प्रतिक्रिया दिन मानेन ।