हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बेलायतबाट फूलमान वल तामाङलाई ‘प्रतिभा पुरस्कार’

कार्तिक २०, २०७४-नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।

शनिबार बेलायतको हाइवेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बु राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले वरिष्ठ श्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ र युवा श्रष्टा फूलमान वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा २० हजार नगद, ताम्रपत्र र दोसल्ला छ भने पुरस्कारमा एक लाख रुपैयाँ नगद राशी र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

आचार्यका ‘असमान यी धर्तीका तस्विरहरु’ र ‘एक चोक्टा इतिहास’ गरी दुई कविता र एक मुक्तक संग्रह प्रकाशित छन् । उनले ‘छायाँ’, ‘प्रेरणा’, ‘जनजागृति’, ‘कोसीका कोसेली’जस्ता साहित्यिक संकलन एवं पत्रिकाको सम्पादनसमेत गरेका छन् । उनी धरानका वम देवान, कृष्ण पाख्रिनहरुसँग समाज परिवर्तनका लागि साहित्यिक अभियान सन्चालन गर्ने पुराना स्रष्टा हुन् । उनलाई नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।

त्यसै गरी वि.सं. २०३६ साल असोज १२ गते तिमालको काभ्रेमा जन्मिएका वलका ‘काजोल खातुन’ कथासङ्ग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासङ्ग्रह र ‘म्हेन्दोमाया’ नाटक प्रकाशित छन् भने उनले दुई वृत्तचित्रका अतिरिक्त ‘नीरफूल’ नामक चलचित्र लेखन तथा निर्देशन गरेका छन् । कविता, कथा, नाटक तथा चलचित्र आदिका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएवापत श्रष्टा वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।

सम्मान तथा पुरस्कार जनवरी अन्तिम साता काठमाडौंमा एक समारोह आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. इश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बुंद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम र भागीरथी श्रेष्ठ सम्मानित भइसकेका छन् । यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ पुरस्कृत भइसकेका छन् ।

बैठकले संस्था स्थापनाको एक दशक पुगेको विशेष अवसरमा भाषा, साहित्य तथा साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत संगीत साधना प्रतिष्ठान, नेपाल (इटहरी, सुनसरी), सुदूर पश्चिमान्चल साहित्य समाज (धनगढी, कैलाली), र स्व. पारसमणि प्रधान शालिक संरक्षण समिति (सिलगुढी, पश्चिम बंगाल, भारत)लाई विशेष सम्मान गर्ने निर्णय गरेको महासचिव मिजास तेम्बेले बताए ।

यसैबीच शनिबारै सम्पन्न प्रतिष्ठानको तेस्रो सम्मेलनले दीपा लिम्बु राईको अध्यक्षतामा गणेश राई र टंक वनेम उपाध्यक्ष, मिजास तेम्बे महासचिव, नरेश नाति सचिव, अन्जु अन्जली सहसचिव, देवेन्द्र खेरेस कोषाध्यक्ष र चोक गुरुङ सहकोषाध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution