हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पूर्व राष्ट्रपति डा. रामवरण यादवको आवास सुविधाबारे अन्योल

पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई सरकारले दिंदै आएको आवास सुविधाबारे अझै नीतिगत स्पष्टता नभएको भन्दै यादव दु:खी भएको उनका सहयोगीले बताएका छन्।

यादवलाई आफ्नो निवास भाडामा उपलब्ध गराउँदै आएका घरधनीले बहाल सम्झौता नविकरण नगरिएको भन्दै १५ दिनभित्र घर खाली गर्न सोमबार एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेपछि पूर्व राष्ट्रपति दु:खी भएको उनका सहयोगीले बताएका हुन्।

पूर्व राष्ट्रपतिको सेवा सुविधाको रेखदेखको जिम्मा पाएको राष्ट्रपति कार्यालयका एक अधिकारीले घर खाली गर्ने सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

पूर्व राष्ट्रपतिलाई सरकारले दिने सुविधाबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा मन्त्रिपरिषद्को निर्णयका आधारमा पूर्व राष्ट्रपति रामवरण यादवलाई राष्ट्रपति कार्यालयले आवास, सचिवालय र सुरक्षा जस्ता सेवा प्रदान गर्दै आएको थियो।

गत माघमा मन्त्रिपरिषद्ले राजधानी उपत्यकामा घर नभएका पूर्व राष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ दिने र उपत्यकामा घर भएकालाई मासिक एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

सोही बमोजिम उपत्यकामा घर भए-नभएकोबारे जानकारी माग्दै राष्ट्रपति कार्यालयले पूर्व राष्ट्रपति यादवको सचिवालयलाई गत असोजमा एक पत्र पठाएको थियो, जसको जवाफ समयमै नआउँदा पछिल्लो अन्योल उत्पन्न भएको राष्ट्रपति कार्यालयको भनाइ छ।
पूर्व राष्ट्रपति यादवले चाहिँ सरकारले कुनै सुविधा दिने भए त्यसको व्यवस्था सिधै गरिदिए राम्रो हुने पक्षमा रहेको उनका स्वकीय सचिव किरण पन्थले बताए।

“उहाँ भन्ने गर्नु हुन्छ ‘बुढेसकाल लाग्यो, दुई लाख रुपैयाँ लिएर घर खोज्ने, भाडा तिर्ने भन्दा पनि सरकारले सिधै गरिदिए राम्रो हुन्थो’।”
पन्थका अनुसार उपत्यकामा पूर्व राष्ट्रपति यादवको आफ्नो स्वामित्वको घर छैन।

अहिले राष्ट्रपति कार्यालय र पूर्व राष्ट्रपति यादवको सचिवालय आपसी पत्राचारमा व्यस्त रहँदा यादव बसेको ललितपुर बागडोलस्थित घरको बहाल सम्झौत गत साउन यता नवीकरण हुन नसकेको तथ्य घरधनीले प्रकाशन गरेको सार्वजनिक सूचनामार्फत बाहिर आएको छ।

राष्ट्रपति कार्यालयका सह-प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राजधानी उपत्यकामा पूर्व राष्ट्रपति यादवको घर भए-नभएको विषयमा जानकारी मागिएको एक पत्रको जवाफ यादवको सचिवालयबाट प्राप्त हुने वित्तिकै आवास सुविधा वापतको रकम पठाइनेछ।

उनले भने, “पूर्व राष्ट्रपतिको सचिवालयबाट घर भए, नभएकोबारे जवाफ आउने वित्तिकै त्यही निर्णय अनुसारै राष्ट्रपति कार्यालयले आवास सुविधा वापतको पैसा राष्ट्रपति कार्यालयले उहाँलाई पठाउँछ।”

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति चुनिएका डाक्टर रामवरण यादवको सातवर्षे कार्यकाल पुरा भएलगत्तै सरकारले उनलाई ललितपुरको बागडोलमा आवासको व्यवस्था गरिदिएको थियो।

पूर्व राष्ट्रपति, उपराष्ट्रपति र अन्य पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विवादमा परेपछि त्यो संसदबाट पारित हुन सकेन।

लगत्तै अहिले सरकारी आवासको बहाल नवीकरण नभएका कारण पूर्व राष्ट्रपति यादवलाई असहज लाग्ने परिस्थिति सतहमा आएको छ।@बीबीसीनेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution