हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

समानुपातिकमा सीट छाडेर प्रत्यक्षमा भिड्दै : सीता गुरुङ

दोश्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्तापछि तेह्रथुममा पनि चुनावी माहोल बढेको छ । यहाँबाट प्रतिनिधि सभाका लागि ठुला तथा साना गरी ११ राजनीतिक दलका उम्मेदवारहरुको मनोनयन दर्ता छ । त्यसमध्ये एक्ली महिला उम्मेदवार हुन्, भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ ।

यसअघि दुई वटै संविधान सभामा समानुपातिकबाट सभासद बनेकी राज्यमन्त्री गुरुङले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवारी दिएकी छिन् । गुरुङ हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी छिन् । उनलाई कांग्रेस, जिल्ला कार्यसमितिले प्रतिनिधिसभामा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो । जिल्लामा दलहरुले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलालाई अगाडि सारेका छैनन् । अधिकांश दलहरुले जिल्लाबाट सिफारिस गर्दै पनि महिलाको नाम प्रत्यक्षतर्फ पठाएनन् । एमालेले पुर्वसभासद विष्णुमाया विकको नाम प्रत्यक्षतर्फ सिफारिस गरेर पठाए पनि टिकटका लागि योग्य ठानेन । जिल्लामा राजनीतिमा पुर्णकालीन भएर लागेका महिलाहरुको समेत प्रत्यक्षतर्फ दलहरु भित्र खासै चर्चा भएन ।

त्यसो त देशैभरिको तथ्यांक हेर्दापनि दलहरुले प्रत्यक्षतर्फ महिलालाई कमैमात्र उम्मेदवारी दिएका छन् । कांग्रेस युवा नेतृ तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङ योग्य र क्षमतावान् महिलाहरु हुँदा–हुँदै पनि पुरुषवादी चिन्तनका कारण महिलामाथि दमन गरेर टिकट नदिने गरिएको बताउछिन् । ‘समानुपातिक तर्फ ५० प्रतिशत महिला सीट सुरक्षित नगरिएको भए संसदमा महिलाको सहभागिता शुन्य जस्तै हुन्थ्यो,’ उनले भनिन् ।

उनले समावेशी समानुपातिकको व्यवस्थाबाटै आफु दुई पटक सांसद भएको बताइन् । जिल्लामा सर्वाधिक लोकप्रिय महिला नेतृको रुपमा परिचित गुरुङ कांग्रेसको केन्द्रीय समितिमा समेत राम्रो प्रभाव राख्ने महिला युवा नेतृ हुन् । ‘जिल्लाबाट प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएपछि पनि मलाई केन्द्रीय समितिले महिला कोटाबाट समानुपातिकमा सिट सुरक्षित गर्न भनेकै हो,’ नेतृ गुरुङ भन्छिन्, ‘तर मैले कमसेकम म पछाडिको पुस्तालाई महिला र युवाले पनि गर्न सक्छन् भन्ने सोचको विकास गराउन प्रत्यक्षतर्फको टिकट लिएकी हुँ ।’

‘म महिला हुँ । तर मैले सधैँ महिलामात्रै भएर बस्नुहुँदैनँ, अझैपनि कतिपय महिलाको दैनिकी राज्यको पुहँच भन्दा टाढा चुलो चौका सम्हालेर र घुम्टो ओढेरै बितिरहेको छ । मैले आत्मनिर्भर र क्षमतावान् महिला सहितको समाजको कल्पना गर्न सक्नुपर्छ,’ उनी भन्छिन् ‘संवैधानिक रुपमा महिलाका थुप्रै अधिकारहरु स्थापित भइसकेको भन्दै नेतृ गुरुङले अब तिनको कार्यान्वयनका लागि महिला प्रतिनिधिहरुको पहुँच वृद्धि गर्न भावनात्मक एकताको खाँचो रहेको बताइन् । कांग्रेसमा विद्यार्थी राजनीति देखिनै क्रियाशील गुरुङ नेपाल महिला संघ, तेह्रथुमको अध्यक्ष हुँदै केन्द्रीय सचिव, पार्टीको महासमिति सदस्य र केन्द्रीय सदस्य भएकी हुन् ।@नयाँपत्रिका






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution