हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

धनगढीको’एयरक्राफ्ट म्युजियम’आकर्षक पर्यटकीय गन्तव्य

कैलालीमा जन्मिएका वरिष्ठ प्रशिक्षक पाइलट वेद उप्रेती सामाजिक अभियन्ताका रूपमा परिचित छन् । (वेद उप्रेती ट्रस्ट)का सिइओ उप्रेतीले जागिरबाट कमाएको पैसा खर्च गरी कैलालीको धनगढीमा खोलेको एयरक्राफ्ट म्युजियम त्यस क्षेत्रकै एक आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । करिब १२ वर्ष नेपाली सेनामा पाइलटका रूपमा काम गरेका उप्रेतीले नेकोन एयरको जहाज उडाएका थिए । नेकोन एयर पनि बन्द भएपछि उनले भारतको किंगफिसरमा प्रशिक्षक पाइलटका रूपमा काम गरे । सो कम्पनीसमेत बन्द भएपछि इन्डोनेसियाको लायन एयर प्रवेश गरेका उनी अन्तर्राष्ट्रिय प्रशिक्षक पाइलटका रूपमा स्थापित छन् । उनी जहाज उडाउने, प्रशिक्षण दिने मात्र नभई फोटोग्राफी कलामा समेत राम्रो दख्खल राख्छन् । यी पाइलट उप्रेतीको सक्रियतामा २० फागुन ०७१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त वाइडबडी जहाज एयरबस ३३०–३०० ले अहिले म्युजियमको स्वरूप प्राप्त गरेको छ । म्युजियमको महत्वलाई क्याप्टेन उप्रेतीले यसरी बताए :

ग्राउन्डेड जहाजलाई सिर्जनात्मक काममा सदुपयोग

वेद उप्रेती ट्रस्टले आफ्नो दोस्रो प्रडक्टका रूपमा एभिएसन म्युजियम तयार पारेको छ । पहिलोपटक धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याइएको थियो । हवाईजहाज उड्न योग्न नहु“दा त्यसको ‘बडी’लाई टुक्रा पारेर कवाडीमा बिक्री गर्नुको विकल्प हुँदैन । यस्तो अवस्थामा जहाजको बाहिरी भागलाई नष्ट गरेर कवाडीमा बेच्नुको साटो कुनै सिर्जनात्मक र सामाजिक सेवाको काममा प्रयोग गरौँ भन्ने मनसायले म्युजियम बनाउने अवधारणा आएको हो । धनगढीपछि काठमाडौंको सिनामंगलमा एभिएसन म्युजियम तयार भएको छ । टर्किस एयरको करिब ८ महिना मात्र उडेको एयरबस ३३०–३०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा २० फागुन ०७१ मा दुर्घटनामा परेको थियो । त्यसपछि ग्राउन्डेड भएको जहाज नेपालमै मर्मत गरी उडाउन सम्भव नभएपछि कम्पनीले बिक्री गर्ने योजना बनायो । हामीसँग म्युजियम बनाइसकेको अनुभव भएका कारण पनि प्राथमिकतामा वेद उप्रेती ट्रस्ट परेको हो ।

नयाँ पुस्तालाई उड्डयनतर्फ आकर्षित गर्न

एक सर्वेक्षणअनुसार बजार मागका आधारमा एक दशकभित्र संसारभर ४ लाख ५० हजार थप हवाई प्राविधिक आवश्यक पर्छ । यस अवधिमा ३ लाख ५० हजारभन्दा बढी पाइलट आवश्यक पर्ने देखिन्छ । यस्तो अवस्थामा अहिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले उड्डयन क्षेत्रतर्फ नया“ जनशक्ति वृद्धि गर्न नेक्स्ट जेनेरेसन एभिएसन प्रोफेसनल (एनजिएपी) नामक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत आइकाओका सदस्य राष्ट्रहरूले यस दिशातर्फ काम गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणस“गको सहकार्यमा एभिएसन म्युजियम सञ्चालनको योजना बनाइएको हो । खासगरी माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीलाई उड्डयन क्षेत्रतर्फ आकर्षित गर्न यो म्युजियम फलदायी हुनेछ ।

सामाजिक कार्यमा प्रयोग हुनेछ आम्दानी

वेद उप्रेती ट्रस्टका नाममा हुने आम्दानी सामाजिक काममा प्रयोग हुन्छ । ट्रस्टले धनगढीमा सञ्चालित एयरक्राफ्ट म्युजियमबाट भएको आम्दानी त्यस क्षेत्रका क्यान्सरपीडित बिरामीलाई आर्थिक सहायतामा खर्च गर्दै आएको छ । मैले एयरक्राफ्ट म्युजियम सञ्चालन गरेर पैसा कमाउन चाहेको भए यसलाई काठमाडौंको कुनै रमाइलो डा“डामा राखेर रेस्टुरेन्ट या डिस्को सञ्चालन गर्न सकिन्थ्यो । तर, पछिल्लो पिँढीलाई केही सिक्ने र जान्ने अवसर प्राप्त होस् भनी संग्रहालय विकास गरिएको हो । एयरबस ३३०–३०० भित्र निर्माण गरिएको सम्भवतः यो संसारकै पहिलो संग्रहालय हो । २५ अर्ब रुपैयाँ मूल्य पर्ने सबैभन्दा अत्याधुनिक जहाज भएका कारण नयाँ जहाज किनेर यसलाई म्युजियममा परिवर्तन गर्न जुनसुकै मुलुकलाई पनि सम्भव थिएन । नेपालमा संयोगवशः यो जहाज उपलब्ध भयो र यसलाई संग्रहालयका रूपमा विकास गरिएको हो । यसको प्रमुख उद्देश्य शैक्षिक संग्रहालयका रूपमा स्थापना गरी विद्यार्थीलाई उड्डयनतर्फ लाग्न प्रेरित गर्नु नै हो ।

हवाई इतिहास, वर्तमान र भविष्यको चुनौतीबारे जानकारी दिन

हवाई संग्रहालय अब एउटा दुर्घटनाग्रस्त जहाजको केवल खोल मात्र होइन, यहाँ विश्वमा उड्डयन क्षेत्रको विकास, सबैभन्दा पहिले उत्पादन भएका एयरक्राप्mटदेखि अत्याधुनिक जहाजका नमुना संकलन गरिराखिएको छ । वाइडबडीको जहाजभित्र ३ सय ५० भन्दा बढी साना जहाज, राइट दाजुभाइले बनाएको जहाजको नमुना, एयरबस ३३० को ग्लास ककपिट, पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र आधुनिक युगमा प्रयोग भइरहेका युद्धकविमानसमेत अवलोकन गर्न सकिन्छ । विश्वमा सञ्चालनमा आएका व्यावसायिक जहाज, नेपाली आकाशमा इतिहासदेखि आजसम्म उडेका जहाज र हेलिकोप्टरसमेत यसै म्युजियममार्फत देख्न सकिन्छ । आफ्नो उडानका दौरान ककपिटबाट खिचेका तस्बिर संकलन गरी यहाँ राखिएको छ । यसले नेपालसहित धेरै मुलुकका आकर्षक तस्बिरसमेत प्रत्यक्ष हेर्न सकिन्छ ।

क्याप्टेन वेद उप्रेती, सञ्चालक, एभिएसन म्युजियम नेपाल
प्राधिकरणको सहकार्य

एभिएसन म्युजियमको महत्वपूर्ण पाटो यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सहकार्य गरेको छ । प्राधिकरणको साथ र सहयोग नपाएको भए आज यो प्रडक्ट खडा हुने थिएन । अर्कोतर्फ जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिनामंगल ल्याएर यो स्वरूपमा ल्याउनु पनि कम चुनौतीपूर्ण थिएन । नेकोन एयरको जहाज काठमाडौंबाट धनगढीसम्म लगेको अनुभवका आधारमा यो जहाज सजिलै सार्न सकिन्छ भन्ने अनुमान थियो ।

तर, काम गर्दा त्यति सहज भएन । यति गाह्रो हुन्छ भन्ने अनुमान पहिल्यै गर्न सकेको भए म आँट नै गर्दिनथेँ भन्ने सोचाइ आएको थियो । विमानस्थलमा ग्राउन्डेन भएपछि ४ दिनसम्म नेपालको उडान–अवतरण ठप्प बनाएको यो विशालकाय जहाजलाई विमानस्थलको पूर्वी भागबाट म्युजियम बनाउने स्थानसम्म ल्याउन दर्जनौँ प्राविधिकले ४ महिना खटेर काम गरेका थिए । रातको १ बजेदेखि ३ बजेको बीचमा जहाजका ठुल्ठूला पार्टस्लाई लरीमा राखेर ल्याउनुपरेको थियो । यसरी करिब ९ महिनामा यो संग्रहालय तयार भयो । नेपालभित्र एक आकर्षक प्रडक्ट उत्पादनमा सरकारी निकायले गरेको सहयोग प्रशंसनीय छ ।

नेपालमै नौलो पर्यटकीय केन्द्र स्थापना

म्युजियम सञ्चालनमा आइसकेपछि नेपालको एक आकर्षक र नौलो पर्यटकीय केन्द्रका रूपमा स्थापित हुनेछ । राजधानीको केन्द्रमा अवस्थित सिनामंगलमा कम्तीमा एक दिन घुमघामसँगै जानकारी लिने माध्यमका रूपमा यसलाई उपयोग गर्न सकिन्छ । हामी यस क्षेत्रभित्र पार्कसहित अन्य संरचना थप गर्ने प्रक्रियामा छौँ । एउटा सानो हेलिकोप्टरलाई ‘सेल्फी स्पट’का रूपमा विकास गर्दै छौँ । सर्वसाधारण नेपालीका लागि हेलिकोप्टर चढ्नु पहुँचभन्दा परको कुरा हो । यहाँ हेलिकोप्टर चढेर सेल्फी खिच्न सक्ने गरी संरचना बनिरहेको छ । एउटा वाइडबडी जहाजको अवलोकन, त्यसभित्रको बनावट, ककपिट र यसभित्र सयौँ साना अवलोकन गर्न सकिन्छ । म्युजियमभित्रबाटै त्रिभुवन विमानस्थलको रमणीय दृश्यावलोकन गर्न सकिने यो एउटा आकर्षक पर्यटकीय केन्द्र बन्नेछ ।

विद्यार्थीका लागि प्रेरणा र प्रोत्साहनको माध्यम

नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिबाट निर्णय भएपछि यो संग्रहालय सर्वसाधारणको अवलोकनका लागि खुला हुनेछ । यसका लागि एक–दुई साता लाग्नेछ । म्युजियम निर्माणमा कुनै पनि सरकारी निकाय र गैरसरकारी निकायबाट आर्थिक सहयोग लिइएको छैन । म्युजियममा नेपालभरका कक्षा ९ देखि १२ सम्मका विद्यार्थी विद्यालयको सिफारिसपत्रसहित आएमा निःशुल्क अवलोकनको व्यवस्था हुन्छ । अन्य विद्यार्थीको हकमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । हामीले माध्यमिक र उच्च माध्यमिकस्तरका विद्यार्थीलाई म्युजियमतर्फ आकर्षित गर्नुको मुख्य कारण उनीहरू उड्डयन क्षेत्रतर्फ आकर्षित होऊन् र नेपालले स्वदेशमै दक्ष जनशक्ति निर्माण गर्ने वातावरण बनोस् भन्ने नै हो ।

 @नयाँ पत्रिका






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution