काभ्रेका उम्मेदवारले धमाधम उम्मेदवारी फिर्ता , कुन पार्टीबाट कसले लिए ?

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गत कात्तिक १६ गते दर्ता गरेका काभ्रेका उम्मेदवारले धमाधम उम्मेदवारी फिर्ता गर्न थालेका छ्न् । जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको जानकारी अनुसार सोमबारसम्म १३ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवार फिर्ता गरेका हुन् । अधिकांशले पार्टीको दबाब , प्रभाव र हार्ने डरले उम्मेदवार फिर्ता लिएकाे बुझिएको छ ।
कुन पार्टिका कसले गरे उम्मेदवारी फिर्ता ?
दुवै राप्रपाले मसिंर १६ गते दर्ता गरेको उम्मेदवारी फिर्ता लिएको छ । दुवै दलका गरी १० जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएकोमा १० जनाले नै कांग्रेसलाई सघाउने जनाएको छ । काभ्रेमा उम्मेदवारी दर्ता गराएका ७१ उम्मेदवार मध्ये दुई स्वतन्त्र सहित १३ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेका सूचना अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ मा राप्रपा प्रजातान्त्रिकका विरबहादुर योञ्जनले उम्मेदवारी फिर्ता लिएका छन् । सोहि क्षेत्रबाट स्वतन्त्र उम्मेदवार माधव मैनाली र नेपाली जनता पार्टीका बाबुराम तामाङले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।
क्षेत्र नम्वर १ मा राप्रपा प्रजातान्त्रिकका भिम सिं लामा, स्वतन्त्र ठुले तामाङ र राप्रपाका गणेश श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए । सोहि क्षेत्रको क्षेत्र नम्वर २ मा चन्द्रमान जिम्माले राप्रपा प्रजातान्त्रिकबाट उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपाका टुल्कु लामाले पनि काङग्रेसलाई सघाउने निर्णय भएको भन्दै उम्मेदवारी फिर्ता लिएको बताए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ मा राप्रपा प्रजातान्त्रिकका रोहित बादेले उम्मेदवारी फिर्ता लिएका छन् भने सोही क्षेत्रकाे १ मा राप्रपा प्रजातान्त्रिकका रामकृष्ण सापकोटा र राप्रपाका कृष्ण विर लामाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्वर २ कै २ प्रजातान्त्रिकका कृष्णगोपाल पाण्डे र राप्रपाका भवनाथ दाहालले उम्मेदवारी फिर्ता लिएका छन् ।बामगठबन्धनले फिर्ता लिएनन् उता वम गठबन्धनबाट प्रतिनिधिसभाका लागि प्रतिनिधिसभा एकका गङ्ग बहादुर तामाङ विरुद्ध माओवादी केन्द्रबाट नोर्बु लामाले दिएको बागी उम्मेदवार फिर्ता लिएको छैनन् । लामा सोही क्षेत्रमा राम्रो नेताको रूपमा चिनिन्छ ।@राजकुमार गोले/नयाँपत्रिका |