हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

बेलायती महारानी एलिजावेथमाथि कर छलीको आरोप

लन्डन – बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

उक्त तथ्यको खुलासा संसारका करिब १ सय भन्दा बढी सञ्चार माध्यमहरूले गरेका छन् । महारानी एलिजावेथले करिब १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी लगानी बाह्य क्षेत्रमा गरेको र उक्त लगानीमा कर छली भएको खुलासा भएको छ।

उक्त लगानीबाट महारानी एलिजावेथले करिब ५० करोड पाउन्ड बराबरको निजी सम्पति बनाएको अनुसन्धानले बताएको छ । महारानी एलिजावेथले बाह्य कम्पनीमा गरेको लगानीका कारण उनीमाथि नैतिक प्रश्न खडा भएको छ।

उनले ब्राइट हाउस नामक एक निजी कम्पनीमा लगानी गरेको समेत एक अनुसन्धानले सार्वजनिक गरेको छ । उक्त कम्पनीमा कामदारमाथि चरम शोषण हुने गरेका सञ्चार माध्यमहरूले खुलाएका छन्।

महारानी एलिजावेथ लगायत कन्जरभेटिभ पार्टीका अन्य नेताहरू माथि पनि उक्त आरोप लागेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनका वाणिज्य प्रमुख विल्सर रसले पनि एक शपिङ कम्पनीमा लगानी गरी त्यहाँबाट दस लाख अमेरिकी डलर बराबरको निजी सम्पती आर्जन गरेको खुलासा भएको छ । उक्त कम्पनीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत सेयर रहेको खुलासा भएको छ।

खोज पत्रकारितासँग आबद्ध अन्तर्राष्ट्रिय महासंघ (आइसिआजे)ले उक्त तथ्यलाई पर्दाफास गरेको छ । भ्रष्टाचारमा संलग्न रहेको तथ्य सार्वजनिक भएलगतै पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफले पदबाट राजीनामा दिएका थिए।@एजेन्सी






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution