इजरायलमा गजल प्रतियोगिता हुदै,सहभागी हुन आव्हान

तेलअविव – विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले “प्रत्यक्ष खुल्ला गजल वाचन प्रतियोगिता”आउँदो २४ नोभेम्बर २०१७ (शुक्रबार) तेलअविव इजरायलमा आयोजन गर्ने भएको छ |
प्रवासी भुमि इजरायलबाट साहित्य क्षेत्रमा कलम चलाई रहनु हुने सम्पूर्ण साहित्य प्रेमी साहित्य अनुरागी महानुभावहरुमा “तपाईहरुकै सृजनाहरु लिखित रुपमा मात्रै सिमित नभएर यहाँहरुकै बुलन्द आवाजमा गुन्जयमान भएर उच्च स्थान प्राप्त गर्नेछन ,तसर्थ सम्पुर्ण साहित्यिक सष्टा सर्जकहरुलाई प्रतियोगितमा सहभागीताको लागि हार्दिक अपील गरेको छ |
गजल २० नोभेम्बर २०१७ सम्म निम्न पठाई सक्नु पर्नेछ | प्रतियोगितामा सहभागी भएका गजलहरु मध्ये पहिलो,दोस्रो र तेस्रो स्थानमा पर्ने उत्कृष्ट सष्टाका गजलहरुलाई प्रमाण पत्र सहित आकर्षक पुरस्कारको साथै गजल प्रतियोगिता सहभागिता जनाउनु हुने साहित्य मनहरु प्रति स- धन्यबाद सहित प्रमाण पत्र बितरण गरिने आयोजकले बताएको छ |
गजल पठाउनको लागि सम्पर्क
अध्यक्ष- सानु गुरुङ (0543403814)
उपाध्यक्ष-गणेश गौतम सागर (0547337466 )
महासचिव- अम्विका याम्फु ” अनमोल”(0527715655)
सचिव- विमला शर्मा ढुंगाना (0548333146)
कोषअध्यक्ष -शान्ता खवास (0544470081)