हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

काभ्रे प्रतिनिधिसभा १ (क) कांग्रेसका उम्मेदार सीबी लामा तामाङको हुन् ?

भीम जिम्बा/काठमाडाैँ ।

सिबि लामा तामाङ सफल व्यवसायी, समाजसेवी र राजनीतिज्ञको नाम हो । बुबा सानु माइला तामाङ र आमा ज्योमो तामाङको कोखबाट वि.स. २०३२ साल असार १३ गते काभ्रेको तिमाल गाउँपालिकामा जन्मिएका उनी बाल्यकालदेखि नै मिहिनेति थिए ।

स्थानीय नारायणथान प्राथमिक बिद्यालयबाट प्राथमिक शिक्षा हासिल गरेका उनले माध्यमिक शिक्षा कानपुर माध्यमिक विद्यालयबाट लिएका हुन् । २०४८ सालमा तृतीय श्रेणीमा प्रवेशिका परिक्षा (एसएलसी) उतीर्ण गरेका उनले काठमाडौँस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट मानविकी संकायअन्तर्गत आमसञ्चारमा स्नातक गरेका छन् ।

लामा अध्ययन गर्ने विद्यालयका शिक्षक उनकै घरमा बस्थे । त्यसैले पनि होला, उनको पढाई अन्य विद्यार्थीको भन्दा राम्रो थियो । नारायणस्थान प्राविदेखि शैक्षिक जीवनमा प्रथम स्थान ओगटेका उनले त्यो क्रमलाई कानपुर माध्यमिक बिद्यालयसम्म जारी राखे ।

विद्यार्थी जीवनमा उनले गृहकार्य नगरेकै कारण पटक–पटक शिक्षकको कुटाई खाएका छन् । विगतका ती दिनलाई सम्झिँदै उनले भने, ‘नेत्र सर, रामप्रसाद सर, बाबुकाजी पराजुली लगायतका सरहरुले गृहकार्य नगरेकै कारण सिस्नुपानीले पटक–पटक हान्नुभएको अहिलेजस्तै लाग्छ, ती दिनलाई म कहिल्यै बिर्सन सक्दिन ।’

विद्यार्थी हुँदा उनलाई गाह्रो लाग्ने विषय अंग्रेजी र नेपाली थियो । नेपालीका व्याकरणहरु धेरै मिल्दैनथ्यो उनको । त्यस्तै अंग्रेजी विषय पनि उनका लागि गाह्रो नै थियो । तर गणित, विज्ञानजस्ता विषय उनलाई कहिल्यै गाह्रो लागेन । भन्छन्, ‘अंग्रेजीको अर्थ नै थाहा नहुने र नेपाली शब्द उच्चारण गर्दा तामाङ भाषा मिसिने अनि अशुद्ध हुन जाने समस्याले मलाई साह्रै गाह्रो बनाएको थियो, पछि बिस्तारै नेपालीमा शुद्धता र अंग्रेजीको अर्थ बुझ्न थाले ।’ सानैदेखि विद्यालयमा हुने हरेक क्रियाकलापमा सहभागी हुन अग्रसरता देखाउने उनले कक्षामा विद्यार्थीहरु साथीहरुको ‘लिडर’ को भूमिका समेत निभाए ।

एकदिनको कुरा हो । उनी पढ्ने विद्यालय कानपुर माविले कक्षा ६ को परिक्षाफल प्रकाशित ग¥यो । प्रकाशित नतिजाअनुसार सिबि लामाले कक्षा ६ बाट ७ कक्षामा जाने विद्यार्थीमध्येबाट प्रथम स्थान ओगटे । परिक्षाफल प्रकाशित भएपछि खुकुरी हानाहान भयो । कारण, सिबिले चोरेर वा सरले माया गरेर नम्बर थपिदिएको कारण प्रथम भएको भन्दै अन्य साथीहरुले निराधार आरोप लगाइएको थियो । उक्त आरोपको प्रतिक्रिया स्वरुप सिबिको टोलीले आरोप लगाउने समुहसँग हात हाले । अन्तत ः दुवै पक्षबीच झगडा हुँदा खुकुरी हानाहान समेत हुन पुग्यो ।

विद्यालयका प्रथम विद्यार्थी, एसएलसीमा किन तृतीय श्रेणी ?

कानपुर माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी परिक्षामा सहभागी हुने विद्यार्थी ४४ जना थिए । विद्यालयका प्रथम विद्यार्थी सिबि एसएलसीमा प्रथम श्रेणी ल्याउने धोकोसहित परिक्षामा सहभागी भए । तर अन्तत : उनी तृतीय श्रेणीमा उतीर्ण भए ।

त्यतिबेलाका ४४ जनामध्ये कानपुरबाट एसएलसी दिने ४ जना विद्यार्थी मात्रै उतीर्ण भएका थिए । एसएलसीमा आफूले तृतीय श्रेणी मात्रै ल्याउनुको कारणबारे उनी भन्छन्, ‘२०४६ सालमा देशमा ठुलो आन्दोलन भयो, आन्दोलन भएको वर्षमा विद्यार्थीको परिक्षा खुकुलो बनाइयो, तर हामीले एसएलसी दिने सालमा परिक्षा निकै नै कडा सुरक्षाका बीच दिन लगाइयो, र कपी जाँच पनि त्यति नै धेरै कडाईका साथ भयो, त्यसकारण मैले भने अनुसार नतिजा आउन सकेन ।’ आफूले एसएलसीमा प्रथम श्रेणी ल्याउन नसक्नुमा ०४८ सालको निर्वाचनमा आफू खटिएर २ महिना लाग्दा पढाई छुटेको कारण पनि रहेको उनी बताउँछन् ।

‘प्रहरी’ बन्ने अधुरो सपना

एसएली दिएर राजधानी काठमाडौ आएपछिको उनको लक्ष्य थियो, ‘प्रहरी जागिरे’ बन्ने । स्नात्तक सकेलगत्तै प्रहरी जागिरे बन्ने सोचेका उनको यो लक्ष्य भने पूरा हुन सकेन । कारण, उनले कक्षा ११ मा अध्ययन गर्दैगर्दा एक छापाखानामा मजदुरी गरे । छापाखानामै मजदुरी गरेपछि पत्रकारिता विषय नै पढ्नुपर्छै भन्ने उनलाई लाग्यो । र उनले पत्रकारिता विषय पढ्न थाले । त्यसपछि उनको प्रहरी बन्ने यात्रा औपचारिक रुपमा टुंगियो ।

उनले छापाखानामा काम गर्दा राधानीबाट गोरखापत्र दैनिक र हिन्दु दैनिक मात्रै प्रकाशित हुन्थ्यो । त्यतिबेला उनले हिन्दु दैनिकमा काम सुरु गरेका थिए । हिन्दु दैनिकमा कार्यरत हुँदा नै आफू धेरैसँग परिचित हुन पाएको उनको भनाई छ ।

सिबिको व्यवसायी यात्रा

गाउँबाट राजधानी पस्दै गर्दा उनलाई जागिरे बन्छु भन्ने लागेको थियो । तर काठमाडौ पसेसँगै पत्रकारिता क्षेत्रमा काम गर्न थालेपछि उनको सोचाईमा परिवर्तन आयो । छापाखानामा जागिरे बनेका उनल ०४९ आफैँले असिन एडभर्टटाइजिङ मिडिया सेन्टरको स्थापना गर्दै सञ्चार उद्यमीको रुपमा व्यवसायी क्षेत्रमा पहिलो पाइला चाले । त्यसपछि व्यापारि, राजनीतिज्ञ, बुद्धिजिवी, कलाकारसहित हरेक व्यक्तिसँग चिनजान गर्ने उनको माध्यम बलियो बन्यो ।

उनको मिडिया सेन्टरबाट विज्ञापन संकलन, वितरणदेखि पत्रपत्रिका वितरवितरणसम्मको काम गर्थ्याे । मिडिया सेन्टरपछि उनले २०५३ सालमा सहकारी स्थापना गरे । आफ्नो व्यावसायिक यात्राको दोस्रो पाइला सहकारी क्षेत्रमा हालेका उनलाई सहकारीबाट पनि सन्तुष्टि मिल्यो । उनले २०५३ सालमा कान्तिपुर फाइनान्स खोल्दै सहकारी क्षेत्रमा पाइला चालेका थिए । कान्तिपुर फाइनान्सको सुरुवातपछि उनले कान्तिपुर अस्पताल खोले । यो उनको व्यावसायिक यात्राको तेस्रो कदम थियो । हाल उनले विभिन्न संघसंस्था स्थापना गरिसकेका छन् ।

कान्तिपुरबाट समाजसेवा

कान्तिपुर अस्पताल प्रालिका प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका लामाले काभ्रे जिल्लाबासीका लागि अस्पतालमा अप्रेसन र बेड चार्जमा ५० प्रतिशत छुट गर्दै आएका छन् । काभ्रेका डााँपारि क्षेत्रका बासिन्दालाई सामान्य बेड चार्ज निशुल्क गर्दै आएका बताएका उनले घटना र पारिवारिक आर्थिक स्थिति हेरेर कतिपयको बिरामीहरुको उपचार निशुल्क गर्दै आएको बताए । उनी काभ्रे, ओखल्ढुंगा, सिन्धुली लगायका जिल्लाका आर्थिक अवस्था कमजोर भएका परिवारका बिरामीहरुको उपचार निशुल्क गर्दै आएको बताउँछन् ।

अबको लक्ष्य

एसएलसीपछि काठमाडौँ पसेका उनको काठमाडौँ बसाई करिब साढे दुई दशक पुग्नै लागेको छ । राजधानीलाई कर्मक्षेत्र बनाई व्यवसायी, समाजसेवा र राजनीतिमा व्यस्त रहेका उनी अब समाजसेवामार्फत जन्मक्षेत्र काभ्रेतिर फर्किने तयारीमा छन् ।

धेरैलाई रोजगारी दिलाएका उनी आफ्नो व्यवसायीप्रति सन्तुष्ट छन् । आफ्नो आगामी जीवन सिंगो काभ्रे जिल्लाको विकासका निम्ति समर्पित गर्ने बताएका उनी भन्छन्, ‘अब म तिमाल, रोशिपारी, कोशिपारी, डाँडापारिमा गुणस्तरीय शिक्षा, स्वच्छ र प¥र्याप्त खानेपानी, सुविधासम्पन्न स्वास्थ्य सेवा, आर्थिक परिवर्तन लगायत विकासका कामममा केन्द्रित गराउने अभियानमा लाग्छु ।’

राजनीतिक यात्रा

२०४५ सालको एक दिनको कुरा हो । कानपुर माध्यमिक विद्यालयमा उनीहरु अध्ययनकै क्रममा थिए । त्यतिबेला शिक्षकहरु आन्दोलनमा थिए । विद्यालयमा उनीहरु पढ्न जाँदा शिक्षकहरु रातो झन्डासहित आन्दोलनको अग्रमोर्चामा थिए भने विद्यार्थीहरु शिक्षकसँगै जिन्दावाद र मुर्दावादको नारा लगाइरहेका थिए ।

‘त्यतिबेला ईश्वरी पौडेल सरले आन्दोलनको नेतृत्व गर्नुभएको थियो, त्यो आन्दोलनको विद्यार्थीबाट मैले नेतृत्व गरेको थिए’ उनी भन्छन्, ‘पछि थाहा भयो, त्यतिबेलाको आन्दोलन तत्कालीन पञ्चायत शासन विरुद्ध रहेछ मैले त्यो आन्दोलनमा नेविसंघको तर्फबाट नेतृत्व गरेको रहेछु।’

हो, त्यहीबेलादेखि उनको राजनीतिक यात्रा सशक्त रुपमा अघि बढेको । अहिले उनी सामाजिक कार्यमार्फत जनताको घरदैलोमा पुगिरहेका छन् ।

उनै सिबि लामा हाल काभ्रे जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवार बनेका छन् ।साभार:उज्ज्यालोनेपाल |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution