डोल्मा शेर्पाको लागि उठाएको रक़म एनआरएनको कोषमा

काठमाडौं, कात्तिक १९ – डोल्मा शेर्पालाई मृत्युदण्डबाट जोगाउन उठाइएकोमध्ये बाँकी रहेको रकम आपतकालिन वैदेशिक रोजगार कोषमा जम्मा गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
उठाइएको रकममध्ये डोल्माका छोराको अध्ययन लागि अक्षयकोष सञ्चालन गर्न तीन लाख रुपैयाँ सहयोग गरिएको छ । त्यस्तै डोल्माले तिर्नुपर्ने ब्लडमनीका लागि तीन लाख रुपैयाँ सहयोग गरेको थियो ।
बाँकी रहेको ३१ लाख ४९ हजार ७४१ रुपैयाँ संघको कोषमा जम्मा गरिएको हो । कोषमा राखिएको रकमले वैदेशिक रोजगारीका क्रममा अप्ठेरामा परेकाहरुको सहयोगका लागि खर्च गरिने एनआरएनले जनाएको छ ।
संघले ब्लडमनीका लागि आवश्यक रकम जुटाउन विश्वव्यापी रुपमा रहेका एनआरएनहरुलाई आव्हान गरेको थियो । अभियानबाट ३७ लाख ४९ हजार ७४१ रुपैयाँ संकलन गरिएको थियो ।