बाटैमा विमान ओरालेर यात्रुलाई बस चढेर घर जाऊ भनेपछि…

काठमाडौं, १९ कात्तिक — पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एक विमान शनिवार लाहौरमा अचानक ओर्लियो । त्यसपछि यात्रीहरूलाई बस चढेर यात्रा गर्नू भनियो ।
यात्रीहरूले यसो गर्न अस्वीकार गरेपछि प्लेनको एसी बन्द गरियो । उनीहरूलाई सास फेर्नै मुश्किल भयो ।
खासमा कुहिरोका कारण कम देखिएपछि विमानलाई अचानक लाहौर ल्यान्ड गरिएको थियो ।
जियो न्युजका अनुसार, पीआईएको विमान युएईको अबु धाबीबाट पञ्जाब प्रान्तमा रहेको रहीम यार खान विमानस्थलका लागि उडेको थियो । तर भिजिबिलिटी डाउन हुँदा लाहौरमा ल्यान्ड भयो ।
त्यसपछि विमान कर्मचारीहरूले यात्रीहरूलाई ठेगानामा पुग्नका लागि बस चढेर जान भने । यात्रीहरूले यो कुरा मानेनन् ।
लाहौरबाट रहीम यार खानको दूरी ६२४ किलोमिटर छ । यात्रीहरूले एयरलाइन्सलाई मुल्तान विमानस्थलमा छोड्न भनेका थिए । त्यो चाहिँ रहीम खानबाट २९२ किलोमिटर पर छ ।
एजेन्सी