नयाँ शक्तिका विदेश विभाग संयोजक शंकर भण्डारी एमालेमा प्रवेश

१९ कात्तिक, अछाम । नयाँ शक्ति नेपाल अछाम कार्यसमिति आइतबारबाट नेकपा (एमाले) अछाममा समाहित भएको छ |
नयाँ शक्तिका केन्द्रीय कार्यकारिणी सदस्य शंकर भण्डारी, जिल्ला संयोजक तीर्थ ढकाल सहित नयाँ शक्ति नेपालका २ सय १६ जना सहित एमालेमा प्रवेश गरेका हुन् ।
tप्रतिनिधिसभा अछाम-२ बाट उम्मेद्वारी फिर्ता गरेर ढकाल एमालेमा प्रवेश गरेका हुन् । भण्डारीले भने- ‘एमालेको राष्ट्रिय, एकता र नीतिले देशलाई सार्वभौम र एकतामा जोड दिई समृद्ध बनाउने ठोस योजना छ ।’
नयाँ शक्तिका विदेश विभाग संयोजक रहेका भण्डारीले आगामी दिनमा एमालेमै आफ्नो उर्जावान समय विताउने भनाइ राखे । प्रवेसीहरुलाई एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले टिका र माला लगाएर स्वागत गरे ।@onlinekhabar