लमजुङमा नयाँशक्ति जिल्ला सह–संयोजक माओबादी केन्द्रमा प्रबेश
लमजुङ्ग – नयाँशक्ति नेपालका लमजुङ्ग जिल्लाका सह – संयोजक नारायाण पौडेल तथा बिदेश बिभाग कतारका उप – प्रमुख राजेन्द्र र्शिमल मिजार सहित दुई दर्जन कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन ।
लमजुङ्गको राईनास नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सह–संयोजक पौडेल सहित नयाँ शक्तिका साउदी सह संयोजक तथा दलित बिभागका अन्तराष्ट्रिय सह–संयोजकसम्म रहेका राजेन्द्र र्सिमला, सदस्यहरु बावुराम रोका रमेश रोका गोविन्द लम्साल सोम लम्साल इन्दिरा लोका लगायतका कार्यकर्ताहरु बाम गठबन्धनमा आबद्ध भएका छन ।
नयाँशक्तिले आर्थिक बिकासको नारा दिएकाले आफुहरुले स्वीकार गरेर सहयोग गरेपनि पछिल्लो समय संयोजक डा. बाबुराम भट्टराईले नै स्पष्ट रुपमा उभिन नसकेर कहिले कांग्रेस कहिले कोहिसँग टाँसिन जाने परिपाटी आफुहरुलाई मन नपरेको उनीहरुले बताएका छन । पार्टीको रुपमा अगाडी जानुको सट्टा आफु कसरी निर्बाचन जित्ने भन्ने खेलमा फसेकाले अबको बाब गठबन्धनबाट नै आर्थिक बिकासको संभावना देखिएकाले आफुहरु बाम गठबन्धनमा लागेको सह संयोजक पौडेलले बताए ।
बिकासका नाराले मात्र संबृद्धि नहुने भन्दै लमजुङ्गका निर्वाचनमा उमेदवारी दिएका बाम गठबन्धनका नेताहरुबाट नै लमजुङ्गको बिकास र संबृद्धि संभव भएको राजेन्द्र र्सिमल मिजारले बताए । नबप्रबेशीहरुलाई बाम गठबन्धनका लमजुङ्ग जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उमेदवार देब गुरुङ्गले स्वागत गरेका थिए ।
उनले सो अबसरमा अब बामहरुले बिकासको मुल फुटाउने बताए ।
अहिलेसम्म शान्ति प्रकृया र संबिधान र्निमाणको काम सम्पन्न गर्न नै दलहरुको ध्यान गएकाले अब देशलाई आर्थिक बिकासको बाटोमा लैजान नै आफुहरु गठबन्धन र्निमाण गरेर अगाडी बढेको उनको भनाई थियो । @ratopati