हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

साउदी अरबका ११ राजकुमार र दर्जनौं पूर्वमन्त्रीहरुलाई पक्राउ

 

काठमाडौं । साउदी अरबमा भ्रष्टाचार रोकथामका लागि गठन गरिएको एक समितिले ११ राजकुमार र मन्त्रीहरुलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । भ्रष्टाचार रोकथामका लागि नयाँ समिति गठन गरिएको चार घण्टामै ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्रीहरुलाई पक्राउ गरिएको हो ।

हिरासतमा लिइएकाहरुको नाम सार्वजनिक गरिएको छैन भने उनीहरुलाई कुन कसुरमा पक्राउ गरिएको भन्ने बारेमा पनि पुष्टि हुन सकेको छैन । तर साउदी ब्रोडकास्टर अल–अरेबियाले सन् २००९ मा जेद्दाहमा आएको बाढी र २०१२ मा ‘मर्स’ नामक भाइरसको संक्रमण फैलाइएको घटनाको नयाँ ढंगबाट जाँच सुरु गरिएको जनाएको छ ।
साउदी अबरको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उक्त समितिको अध्यक्षता गरिरहेका क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई पक्राउ पुर्जी जारी गर्ने र यात्रामा प्रतिवन्ध लगाउन सक्ने अधिकार प्रदान गरिएको छ । साउदी अरबमा साउदी नेशनल गार्ड र नौसेना प्रमुखहरु पनि परिवर्तन गरिएको छ ।

सरकारी समाचार एजेन्सी एसपीएले नेशनल गार्ड मिनिस्टर प्रिन्स मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडमिरल अब्दुल्लाह बिन सुल्तान बिन मोहम्मद अल–सुल्तानलाई साउदी राजा सलमानले बर्खास्त गरेको जनाएको छ । उनीहरुलाई बर्खास्त गरिनुको कारण भने अधिकारिक रुपमा खुलाइएको छैन ।

रोयटर्सका अनुसार पक्राउ पर्नेमा साउदी अरेवियाका राजकुमार अल वालिद बिन तलाल पनि छन् । तलाल केही वर्षअघि नेपाल पनि अएका थिए । तत्कालीन सरकाले नेपाल भ्रमणका दौरान उनलार्इ महाउज्जल राष्ट्रदीप विभूषणसहित सम्मान दिएको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution