हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

दुवईमा नेपालीहरुको “लव हिल” मा बाक्लो उपस्थित/केहि दृश्यहरु

नेपालीहरु विदेश आएर जुन कुरा सिक्नु थियो, कम सिके जस्तो तर जुन कुरा सिक्न जरुरत थिएन, केहि बढी सिके जस्तो । आब्राको नजिकै हिन्दु मन्दिरको छेउमा नेपाली चोक छ । त्यहीँ छ अल गुबैवा बसपार्क र अल गुबैवा मेट्रो स्टेसन । हरेक शुक्रबार यहाँ मेला जस्तै लाग्छ । चाहे गाउँवाट आएको कुनै साथी होस ।

चाहे स्कुलको पुरानो साथी होस । चाहे घरवाट आमा वा श्रीमतीले साथीको हातमा पठाईदिएको पार्सल लिन जाने काम होस । अथवा सामाजिक संजालवाट नव परिचित युवा युवती होउन । भेटघाटको चाजोवाजो मिलाईन्छ । कहाँ भेट्ने ? उत्तम त्यही नेपाली चोक वर दुवईमा ।

नेपाली चोक वरपर अहिले लगभग एक दर्जन भन्दा बढी नेपाली रेष्टुरेन्ट, पसल, ट्राभल एजेन्सीहरु खुलेका हुनाले नेपालीहरुको लागि झन एक तिर दुई सिकार भएको छ । वर दुवई आयो, नेपाली स्वादको तलतल लागिरहेको वेला मम, चाउमिन, छोईला, सुकुटी, गुन्द्रुक, ढिडो, दालभात गजवले चाख्न पाइन्छ । रङ्गिलाहरुको लागि एउटा दोहोरी साझ पनि छ याक एण्ड यति । नेपालीहरुलाई प्राथमिकतामा राखेर खुलेका पसलहरु नेपालीहरुकै कारणले राम्रै व्यापार फस्टाएको बुझ्न सकिन्छ । नेपाली चोक वरपर खुलेका रेष्टुरेन्टहरुमा शुक्रबार त खुट्टा टेक्ने ठावै हुँदैन ।

तर अन्य दिनमा भने खासै ब्यापार हुदैन । एक हप्ताको व्यापार एउटै शुक्रबारवाट परिपुर्ति गर्न सकिन्छ भनेर ब्यबसायीहरु बताउँछन् । नेपाली चोकमा आउने नेपालीहरु प्रायः गरेर त्यही वरपर खुलेका नेपाली रेष्टुरेन्टमा नेपाली खानाको स्वाद लिन चुक्दैनन् । त्यहाँ नेपालीपन हुन्छ । नेपाली मन हुन्च । सानो नेपालमा प्रबेश गरे झैँ लाग्छ । सन २००४ तिर साठ्ठी सत्तरीको हाराहारीमा थिए नेपालीहरु । महिलाहरुको उपस्थिति त झन थिएन भन्दा पनि हुन्छ । कमै हुन्थे नेपाली चोकहरुमा पनि मान्छेहरु ।

अहिले नेपालीको संख्या चार लाख पुगेको अनुमान गरिन्छ । महिला र पुरुषको संख्या लगभग वरावरीको स्थितिमा देख्न सकिन्छ । पहिले सिडि र भिसिडिका प्रतिलिपिहरु वेच्थे । अहिले जमाना फेरिएको छ । अहिले यहाँ नेपालीले सिडि र भिसिडी वेच्दैन । वालुवामा आफैले उब्जाएको नेपाली सागसब्वी र चटपटे भने बेच्दै गरेको देख्न सक्छौं ।

कुरा लव हिलको (नेपाली चोकको)

हरेक शुक्रबार हामी नेपाली पार्क नपुगेको दिनै छैन । लव डाँडाहरुमा पनि पुग्छौँ । नेपाली चोक र लव हिललाई एउटा साइड रोडले छुट्टाएको छ । धेरै समय देखि हामी दुवै मिलेर एउटा सामाग्री लेख्ने निश्चय गरेका थियौँ लव डाँडाको दृश्यहरुको वारेमा । यसै योजना मुताविक बरदुबई घुम्ने योजना बन्यो । त्यसैले शुक्रबारे बिदालाई निरन्तरता दिदै हामी झण्डै ४० मिनेटको यात्रा पछि पुग्यौं नेपाली चोक बरदुबईमा । यत्रतत्र मानिसहरुको भिडभाड र कोलाहलले टाउको दुख्न थालिसकेको थियो । अझ त्यसमाथि त्यहाँका दृश्यहरुले अझ मन जलाउन थाल्यो ।

के देखियो त नेपाली चोक (लव हिलमा)

गैरकानुनी रुपमा खुल्ला सार्वजनिक स्थलहरुमा मदिरा पिउनु यहाँको कानुन विपरित कार्य हो । एउटा तथ्यांक अनुसार युएईको जेलमा रहेका अधिकाश नेपालीहरुको कसुर मदिरापान नै देखिएको छ ।

वाटो पारी रुख मुनि पिच्चेका जोडीहरु परैबाट देख्न सकिन्थ्यो । मान्छेहरु हेर्दा पाकेका लाग्थे । सधैं कसिकसाउ हुने नेपाली चोकमा त्यो दिनको जमघट झन कसिकसाउ लाग्यो । त्यहाँ सुरापानीमा डुबुल्की मारिरहेका नौ जवानहरुको गतिबिधी देख्छौँ । के युवा, के युवती ? हालत सवैको एउटै देख्छौँ ।

तपाईं पनि गएर हेर्न सक्नु हुन्छ, शुक्रवार दिउँसो दुई तीन वजे देखि त्यहाँ के के हुन्छ ? गैरकानुनी रुपमा खुल्ला सार्वजनिक स्थलहरुमा मदिरा पिउनु यहाँको कानुन विपरित कार्य हो । एउटा तथ्यांक अनुसार युएईको जेलमा रहेका अधिकाश नेपालीहरुको कसुर मदिरापान नै देखिएको छ । हामी मदिरा नपिउने भनिएको होइन मान्छेहरु हेर्दा पाकेका लाग्थे । हामी भन्न खोजेको चाहिं, मान्छेले मदिरा पिउने हो, न कि मदिराले मान्छेलाई पिओस । धेरै नेपाली युवायुवतीहरुलाई मदिराले पिएको देखेका थियौं, त्यो पनि सार्वजनिक स्थलहरुमा । त्यसले नेपाल र नेपालीको गरिमामा धक्का पुग्छ कि पुग्दैन ? नसोची हुँदैन । हामी लगातार दुई हप्ता केहि लेख्ने भनेरै त्यहाँ पुगीरह्यौं, जसमा केहि नेपालीहरुको क्रियाकलापहरुमा दृश्य पुगेको थियो ।

दृश्य न. १

नेपाली चोकको साइकल पार्किङमा उभिएर नेपाली अनुहारहरु नियालिरहेका थियौं केही हप्ता अगाडी । पार्कमा अस्वभाविक किसिमले भिड लागेको थियो । एउटा पुलिस भ्यान र एउटा एम्बुलेन्स आईपुगेको थियो । त्यहाँ पात्रहरु तीन जना थिए । दुईजना पुरुष अनि एउटी महिला । एकजना पुरुषको निधारमा सेतो पट्टि बाँधिएको थियो । मनमनै सोचें, जरुर केही गडबडी छ । बुझ्दै जाँदा कुरोको चुरो पत्ता लाग्यो । नेपाली पुरुष र लगभग दुई बीस पार गरेकी महिलाको विचमा प्रेम भएको रहेछ । पछि महिलावाट धोका भयो र छुटे ।

यस्तै वेला उक्त महिलाले एकजना पाकिस्तानीसंग सम्बन्ध बढाएको रहेछ र प्रेमप्रेमिकाको रुपमा विचरण गर्न आएका रहेछन् नेपाली चोकमा । ठिक त्यसै वेला महिलाको पुर्व प्रेमी आफ्नो साथीहरुसंग पार्कमा भलिबल खेलिरहेका थिए । यसैवेला वल उफ्रेर नेपाली पार्कमा विचरण गरिरहेका जोडिलाई लागेछ । वल लिन जाँदा नेपाली केटाले आफ्नो पुर्ब प्रेमिकालाई पाकिस्तानी नागरिकसंग देख्यो । जब नेपाली केटाले आफ्नो पुर्व प्रेमिकासंग नेपाली भाषामा केही वोलेको हुन्छ तब पाकिस्तानी केटाले आफ्नो प्रेमिका अरु कोहिसंग वोलेको सहन सक्दैन ।

नेपाली केटासंग क्रोधित हुन्छ तब आफ्नै पुर्व प्रेमिकालाई आफुवाट खोसेको झोंकमा नेपाली केटाले रिस पोख्छ । पाकिस्तानी केटा रक्ताम्य हुन्छ तब केटीले पुलिस बोलाएको रहेछ । हामी भन्छौं, दोषी न महिलाको हो, न पुरुषको । दोषी त त्यहाँ नेपाली देखियो । शिर त त्यहाँ नेपालीको झुक्यो । कुनै महिला वा पुरुषको होइन । झगडा हेर्न त्यहाँ नेपालीहरुको भिड लागेको थियो । नेपालीहरुको भिडमा कुनै महिलाको आवाज सुनियो, `हामी महिलाहरु नै ठिक छैनौं । दुई दुईवटा केटा च्यापे यस्तो नभएर कस्तो हुन्छ ? महिला ठिक ठाउँमा बस्न सक्नुपर्छ ।´

यसो टाउको घुमाएर हेरेको नेपालीहरुको विचमा चिरपरिचित चटपटेवाली चेली रहेछ । उ सधै नेपाली पार्कमा `चट्पटे खानु हुन्छ ?´ भनेर सोधिरहन्छ । उसले महिला भनेर महिलाको समर्थन गरेन । दोषी उनै महिलालाई देखाए । तर हामी भन्छौं, दोषी न महिलाको हो, न पुरुषको । दोषी त त्यहाँ नेपाली देखियो । शिर त त्यहाँ नेपालीको झुक्यो । कुनै महिला वा पुरुषको होइन ।

दृश्य न. २

नेपालीहरुको गतिबिधी नियाल्न कि क्यारिफर डाँडामा पुग्नुपर्छ, कि अल गुवैवा मेट्रो पार्क माथिको साइकल पार्किङमा तहलिनु पर्छ । साइकल पार्किङमा तहलिरहेको वेला पौने चार बजेतिर हामीले कसैको कर्कश आवाज निकालेर बाझिरहेका सुन्यौं । बिस्तारै तमिता हेर्ने नेपालीहरुको भिडले उनिहरुलाई घेर्न थाल्यो । दृश्यमा अबरोध पुगेपछि हामी पनि त्यसै भिडमा नमिसी भएन । त्यहाँ दुई महिला लुछालुछ गरिरहेका थिए । विचमा एउटा पुरुष खडा थियो । पछि दुवै तर्फका साथीहरु मिलेर छुट्टाए । विचरी लुरी ज्यान भएको महिलाको चुल्ठो उखेलिएर उसको दायाँ पुन्पुरो कसो रित्तै नभएको । उसको एक मुठ्ठा चुल्ठो पार्कको दुवोमा लत्रीएको थियो ।

उनिहरु बाझ्दै थिए । मोटी ज्यानको महिलाले भनिरहेको थियो, `अर्काको बुढालाई आँखा लाउछेस ? बुढालाई पठाएको सवै म्यासेज हेरिसकेको छु । तिमी अरु केटा पाएनौं, मेरै बुढालाई फसाउन खोज्ने ?´ मलाई थाहा भयो, मोटी महिलाको लोग्नेसङ्ग त्यो लुरी केटी लागेको रहेछ । `मलाई के भन्छस ? तेरो बुढालाई भन न । उ आफै मेरो पछि लाग्या हो । पहिला तेरो बुढालाई ठेकान लगाएर मसङ्ग कुरा गर ।´ लुरीले भनेको सुन्यौं । पछि थाहा भयो, बाझिरहेका दुई महिलाको विचमा उभिएको पुरुष उहीँ पुरुष रहेछ, जसको निम्ति उनिहरु लुछालुछ गरिरहेका थिए । मान्छे चालीस उभो लागेकै मान्छे थियो उ । लाग्छ, उसको नातिनातिनाको सुख भोग्ने उमेर पनि भईसक्यो ।

दृश्य नं. ३

हप्ते बिदा जहाँ प्रायः सवैको बिदा हुन्छ । जसै दिन ढल्किदै जान्छ, एकातिर सुरु हुँदै थियो बोतलको खेती । ग्रुप ग्रुपमा वसिरहेका थिए युवायुवतीहरु संगै । हामी पनि निकै चाख मानेर निहालिरहेका थियौं ति दृश्यहरुलाई । यसै क्रममा मेट्रो स्टेशनको पार्कमा ठडिएका किल्लाहरुको आडमा बसिरहेका केहि जोडिहरु जहाँ पाँच छ जनाको ग्रुपमा ध्यान गयो । घाम अस्ताईसकेको र रात पर्न थालिसकेकाले धमिलो छायाँमा पानीका बोतल जस्तै देखिने केहि बोटलहरु खोलिए । साथमा कोक र पेप्सिका वोटलहरु पनि खोलिए । यो दृश्य निकै नै चाख

लागेर होला, हामी नजिकै पुग्यौं । त्यहाँको दृश्यले हाम्रो ध्यान केन्द्रित गर्यो । डुल्ने वाहनामा नजिकै पुग्दा त्यो चिज मदिरा रहेछ । केहीछिन पछी मातिएका युवायुवतीहरु विच तानातान र हात हालाहालको स्थितीमा पुगे । कोलाहल मच्चिंदा त्यहाँ मानिसहरुको भिड लाग्यो । त्यस भिडको छेउमा कोहि वोलेको सुन्यौं, ‘नेपाली लोग यैसे है ।‘ उसको अनुहारमा हेरेको, उ गैर नेपाली थियो । आखिर बदनाम कस्को ? नेपालीको ।

दृश्य नं. ४

आजको छुट्टी सकिएसंगै भोलीपल्ट फेरि नुनको सोझो गर्नु नै थियो तर सधै हतार हतारमा फर्कने हामी त्यो दिन चिनजानका मान्छेहरुसंग भलाकुसारी गरिरहँदा अलि ढिला हुने भयो । झण्डै रातको ८:३० बज्न थालिसकेको थियो । सबै मानिसहरु नेपाली पार्कबाट लगभग निस्कीसकेका थिए । हामी पनि निस्कने तरखरमा थियौं । निस्कनै खोज्दा झट्ट हाम्रा आँखाहरु चौरमा यत्रतत्र फिंजारिएर रहेका र दिनै भरि मानिसले खाएका फोहरमा पुगे । अझै हामीले सभ्यता राम्रोसँग सिक्न बाँकी रहेछ भन्ने कुराको बोध गरायो उक्त दृश्यहरुले । हामी नेपाली बन्न सिकौं र अशल नेपाली बनेर आफ्नो सभ्यताको परिचय दिऔं । हामी यति नै भन्न सक्छौं ।

हरेक ठाउँमा पानीका बोटल देखि कोकाकोला र अरु चीजका फाल्टु चीज फ्याँकीएका थिए, जहाँ हरेक स्थानमा बिभिन्न पम्पलेट र डस्टबिन राखिएका छन् भने यस्ता सार्बजनिक ठाउँमा यस्तो हबिगत देख्दा मन त दुख्यो नै साथै हामीले बिदेशमा आएर यहाँको बास्तविक पृष्ठभुमि त झन नबुझेको भान भयो । हरेक चिजका लागी स्थान तोकिंदा हामी ती चिज थाहा पाएर पनि कति लाचार र बेसरम हुँदै यत्रतत्र फ्याँकीरहेका हुन्छौं । जस्ले हाम्रो नेपालीहरुको सभ्यता र अनुशासनलाई दुनियाँको अगाडी दज्जी उदाएको भान भयो ।

नेपालीहरु विदेश आएर जुन कुरा सिक्नु थियो, कम सिके जस्तो तर जुन कुरा सिक्न जरुरत थिएन, केहि बढी सिके जस्तो । अझै हामीले सभ्यता राम्रोसँग सिक्न बाँकी रहेछ भन्ने कुराको बोध गरायो उक्त दृश्यहरुले । हामी नेपाली बन्न सिकौं र अशल नेपाली बनेर आफ्नो सभ्यताको परिचय दिऔं । हामी यति नै भन्न सक्छौं । @ जनसंचार डट कम  






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution