हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

कलाकार अमिर बम्जन तामाङ पुरस्कृत

बहुप्रतिभाशाली बहुअपाङ्गता भएका कलाकार अमिर बम्जन तामाङ ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट सम्मानित भएका छन् । ताइवानका पूर्वराष्ट्रपति मा यिङले ताइवानमा भएको एक समारोहमा शुकबार  तामाङलाई सम्मान गरेका हुन् ।

मकवानपुरका अमिर बम्जन तामाङलाई भूकम्पपछि उद्धार गरेर काठमाडौं ल्याई उनको चित्रकला र गायन प्रतिभाको विकासमा सहयोग गर्ने संस्था करुणा फाउन्डेसन, नेपालले दिएको जानकारीअनुसार ताइवानमा अमिरको चित्रकला प्रदर्शनी पनि आयोजना गरिएको थियो ।

घाँटीभन्दा तलका कुनै पनि अंगले काम नगर्ने अमिरले मुखैले चित्र र गीत कविता लेख्छन् । उनको प्रतिभा विकासका लागि वरिष्ट कलाकार किरण मानन्धर र संगीतकार न्हु बज्राचार्यले प्रशिक्षण दिएको थिए । अमिरको लेखन र गायनमा एउटा म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

पुरस्कारको स्थापना क्यान्सर पीडित ताइवानी कवि चोउ ताक्वानको स्मृतिमा उनका आमाबाबुले गरेका हुन् । यसभन्दा पहिले झमककुमारी घिमिरेलाई पनि यो पुरस्कारबाट सम्मानित गरिएको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution