हेटौंडामा बौद्धधर्म देशान तथा सप्ताब्यापी बुम पूजा सम्पन्न

कार्तिक १८ – बुद्ध वचनको अनुसरण पाठपूजा गर्दै तामाङ समाजमा परम्परागत रहेको बौद्धधर्म , संस्कार , साँस्कृतिक र लोछार सम्बन्धि तामाङ समुदायको पहिलो श्रद्रय बौद्ध धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङको मुखार बिन्दुबाट मकवानपुर जिल्ला हेटौंडा स्थित सानो पोखरामा आयोजित सप्ताब्यापी बुम पूजा कार्यक्रम सम्पन्न भएको छ |
कार्यक्रम समापनको अभिषेक (वाङ) प्रदानको गर्नुको साथै बौद्ध धर्मालम्वी तामाङ समुदाय लगायत गैर बौद्ध धर्मालम्बीहरुलाई गेशे ङिमा तामाङले बौद्ध धर्मबारे प्रकाश गरिएको थियो ।
उक्त कार्यक्रममा तामाङ बौद्ध महासंघ नेपालका केन्द्रिय कार्यकारी उपाध्यक्ष तथा श्रद्रय बौद्ध धर्मगुरु आचार्य सर्बजीत गोङ्बा तामाङको मुखार बिन्दुबाट बुद्धवचन (बुम) विषयकको बारेमा प्रबचन गरी ताग्मालुइचेन (नमोबुद्ध) को तिथिलाई समेत समेट्दै कार्यक्रम सम्पन्न गरिएको थियो |
उक्त बौद्ध धर्म प्रबचन कार्यक्रमममा जनसमुदायको बाख्लो उपस्थिति रहेको थियो |
« टिकट वितरणमा शीर्ष नेताको आफन्तलाई प्राथमिकता (Previous News)
(Next News) “साङ डोल्मो” मेरो बोलाउने नाउ – तामाङ सेलो गीत (भिडियो) »