हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

बिजुक्छेले नयाँ पुस्तालाई अवसर दिन चुनाव नलड़ने निर्णय

काठमाडौं १७ कार्तिक ।२०४८ सालदेखि भक्तपुरबाट निर्वाचित हुँदै आएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यस पटक प्रतिनिधिसभामा मनोनयन दर्ता गराएनन् । प्रतिनिधि सभाको प्रत्यक्षमा मात्र होइन, समानुपातिकको बन्दसूचीमा पनि बिजुक्छेको नाम छैन।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि निर्वाचित हुँदै आएका बिजुक्छेले पार्टीको निर्णय बमोजिम नै मनोनयन दर्ता नगराएका हुन् । नयाँ पुस्तालार्इ अवसर दिन अाफूले निर्वाचनमा नउठ्ने निर्णय गरेको उनले बताए ।

नेमकिपाका नेता प्रेम सुवालका स्वकीय सचिव नरेश खत्रीले पनि पार्टीकाे निर्णयअनुसार नै बिजुक्छेले उम्मेदवारी दर्ता नगराएकाे जानकारी दिए । उनले भने, ‘अध्यक्षज्युले पार्टीको निर्णयअनुसार नै उम्मेद्वारी नदिनुभएको हो।’

भक्तपुर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रेम सुवालले उम्मेदवारी दिएका छन् भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट नीरज लवजु र २ बाट सुरेन्द्र गोसाइँकाे उम्मेदवारी परेकाे छ ।

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अनुराधा थापामगर, प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर १ बाट सरोज गोसाइँ र २ बाट प्रेमजंग थापाले उम्मेदवारी दर्ता गराएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution