हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

माओवादी-एमाले एकताको तयारीपछि १० रेक्टर स्केलको भूकम्प,मदन भण्डारी संग भेंट हुन सकेन-प्रचण्ड

कार्तिक १६, भरतपुर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेट्ने समय निर्धारण गरिए पनि त्यस पहिले नै मदन भण्डारीको हत्या भएको बताएका छन्।

चितवन क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गरेपछि भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, “नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्छ भन्ने सोच २४ वर्षअघि नै थियो।

२०५० सालमा म नेकपा एकताकेन्द्रको महामन्त्री थिएँ। केही बामपन्थी बुद्धिजीवीको सुझावपछि जेठ ११ गते मेरो र मदन भण्डारीको भेट्ने समय मिलाइएको थियो।

नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउनेबारे छलफल हुँदै थियो। तर, दुर्भाग्य जेठ ११ आएन। जेठ ३ गते नै मदन भण्डारीको हत्या गरियो।

हामी शान्ति प्रक्रियामा आएपछि माओवादी एमाले एकताका लागि केही प्रयास गरिएको थियो, डकुमेन्ट आदान प्रदान गरिएको थियो। तर, एकता हुन सकेन। यसपटक हरहालतमा हामी पार्टी एकता गर्छौ र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउँछौं।”

“माओवादी एमाले तालमेल र एकताको तयारीपछि १० रेक्टर स्केलको भूकम्प गएको छ, अब अधिनायकवाद आउँछ, निरङ्कुशता आउँछ जस्तो हल्ला गरिदैछ” अध्यक्ष प्रचण्डले भने, “हाम्रो गठबन्धन बामपन्थी लोकतान्त्रिक गठबन्धन हो। कांग्रेसको गठबन्धन दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन हो। कांग्रेसले प्रजातन्त्र भन्थ्यो। लोकतन्त्र कम्युनिष्टहरुको नारा हो । हामी कांग्रेसभन्दा कैयौं गुणा लोकतान्त्रिक र प्रगतिशील छौं।”

बाम लोकतान्त्रिक गठबन्धनपछि चुनाव रोक्न अनेक प्रयास गरिएको उनले बताए । उनले भने, “गीरिजाबाबूले कांग्रेस हार्छ भन्ने सोचेको भए चुनाव हुँदैनथ्यो। मैले त्यसरी सोचेको भए स्थानीय तहको चुनाव हुदैनथ्यो। अहिले कांग्रेसले हार्छ कि भन्ने हिसाब गर्न थालिएको छ। अहिले नै धेरै कुरा भन्दिनँ, समय आएपछि भनुँला। तर, कोतपर्व, भण्डारखाल पर्व जस्ता काण्ड मच्चाएर चुनाव हुन नदिने सम्भावना छ। सबै बामपन्थी र प्रगतिशील शक्तिहरु सतर्क हुन जरुरी छ। जनमतमा जित्ने नदेखेपछि प्रतिक्रियावादी शक्तिले सोच्ने जालझेल र नरसंहार नै हो।”






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution