हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीको माग

दमक- किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन देशैभरि सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीहरुले माग गरेका छन्।

सरकारले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र बिदा दिइने निर्णय गरेको भए पनि त्यस दिन देशैभरि सार्वजनिक बिदा दिनु पर्ने किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेको छ।

संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिइसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक बिदा दिनु उपयुक्त नभएको भन्दै देशैभरि सार्वजनिक बिदाको व्यवस्था गर्न सरकारसँग माग गरे।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु जयन्तीका दिन सार्वजनिक बिदाको घोषणा गरेका र गत वर्षको मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णयले समेत हरेक वर्ष कात्तिक २५ गते महागुरुको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर सरकारद्वारा सार्वजनिक गरिएका बिदाका दिनहरुको सूचीमा भने किरात धर्मावलम्बीका लागि मात्रै भनी उल्लेख गरिएको छ।@नेपाललाईभ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution