एमालेले नपत्याए पछि कोमल ओली बनिन् स्वतन्त्र उम्मेदवार

१६ कात्तिक, दाङ । चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।
उनी हालै मात्र राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् । त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् । म राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिनु भनेको थियो । उनले भनिन्,हिजो शंकर पोखरेलले फोन गरेर मैले सकिँन भन्नुभयो ।