देउवाको निर्देशन पछि मूल्य बढाउने आयल निगमको निर्णय १२ घण्टा नबित्दै फिर्ता

काठमाडौं– आयल निगमको पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने निर्णय १२ घण्टा नबित्दै फिर्ता भएको छ । निगमले हिजो राति १२ बजेबाट लागु हुनेगरी ग्याँस, डिजेल, पेट्रोल र मट्टितेलको मुल्य बृद्धि गरेको थियो ।
निगमको यो निर्णयलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका मुखमा गरेको मुल्य बृद्धि फिर्ता गर्न निर्देशन दिएपछि आज बिहान बसेको निगम सञ्चालक समितिको बैठकले मुल्य बृद्धि फिर्ता लिने निाणर््य गरेको हो ।