तामाङ सोसाइटी अफ क्यालिफोर्निया द्वारा मिलन होम निर्माणको लागि सहयोग

कार्तिक १५ , याम्बु – तामाङ सोसाइटी अफ क्यालिफोर्निया द्वारा चितवन जिल्लाको बाढीपिडित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको लागि चर्चित गायक कलाकार मिलन लामाले निर्माण गर्न लागेको “मिलन होम” निर्माणको लागि रु. १,००,०००/- रुपैयाँ सहयोग प्रदान गरेको छ |
उक्त सहयोग रकम नेपाल तामाङ घेदुङ केन्द्रका अध्यक्ष मोहन गोले तामाङले गायक मिलन लामालाई हस्तान्तरण गरेको हो |
गायक मिलन लामाले सहयोगको लागि तामाङ सोसाइटी अफ क्यालिफोर्निया हार्दिक धन्यवाद व्यक्त गरेका थिए |