पेट्रोलियम पदार्थको भाऊ बढ़्यो,पेट्रोल र ग्यासको मूल्य कति पुग्यो ?

१५ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूल्य बढाएइको हो ।
नयाँ मूल्यअनुसार पट्रोल प्रतिलिटर १०० रुपैयाँ,डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपीजी ग्यासको मूल्य पनि बढाइएको छ । ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाा तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो ।
निगमलाई आज बढाएको मूल्यअनुसार पेट्रोलमा लिटरमा ५.५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ ।
डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।