हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

उम्मेदारको विबरण-डन,श्रीमती,छोरा,बुहारी,छोरी,ज्वाई,भाइ,बहिनी र पैसामा ख़रीद गरिएकासम्म

कात्तिक १५, काठमाण्डौ । आगामी मंसिर १० र २१ हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि सबैजसो दलहरुले लगभग उम्मेदवारीको टुङ्गो लगाएका छन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार टिकट वितरण गरिएका उम्मेदवारको अनुहार “भेराइटी” छन् ।

कतिपय अनुहार खरिद गरिएका जस्ता छन् भने कतिपय गुण्डागर्दीमा चर्चित । कतिपय नातावादका आधारमा ल्याइएको प्रष्टै छ । त्यस्तै उद्योगि, व्यवसायीका साथमा मेनपावर व्यवसायीलाई पनि उम्मेदवार बनाइएको छ ।

कास्कीका मेनपावर व्यवसायी तिलक रानाभाटलाई कास्की क्षेत्र नम्बर १ खबाट कांग्रेसले टिकट दिएको छ भने डनको परिचय पाएका गणेश लामालाई काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको छ ।

लामा विजयकुमार गच्छादार नेतृत्वको पार्टीमा थिए, गच्छादार कांग्रेसमा प्रवेश गरेसँगै लामा पनि कांग्रेस नै भए, अन्ततः उम्मेदवार बनाइयो । लामालाई गच्छादारकै जोडबलमा उम्मेदवार बनाइएको स्पष्ट छ ।

अर्का डन दिपक मनाङ्गेलाई एमालेले मनाङबाट उम्मेदवार बनाएको छ । अलोचना हुने भन्दै टिकट नदिने बताउँदै आएको एमालेले नाटकीय रुपमा मनाङ्गेलाई आधिकारिक उम्मेदवार बनाएको हो ।

एमाले स्थायी कमिटीका सबै नेता सहमत हुँदै मनाङ्गेको ठाउँमा खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको थियो । तर पछि लामालाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेले मनाङ्गेलाई उम्मेदवार स्विकार गरेको हो ।

मनाङेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा छ । उनको मुद्दा किनारा लागेको छैन ।

नातावादका आधारमा उम्मेदवार बनाइएको अनुहार खोज्ने हो भने कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा हेरे पुग्छ ।

आरजु राणा कैलाली–५ बाट चुनाव लड्ने भएकी छन् । यद्यपी उनी आफैँ पनि राजनीतिमा सक्रिय हुँदै आएकी नेतृ हुन् ।
नेकपा माओवादीमा पनि नातावादले राम्रै स्थान पाएको छ । अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर उम्मेदवार बनेकी छिन् । प्रचण्ड’ ले अड्डी कसेपछि कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रचण्ड बुहारी मगर वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी हुन् । अरुबेला घरबुहारी बनेर बसेको देखिए पनि मगर टिकट पाउन सफल भइन् ।

प्रचण्डले आफ्ना ज्वाईलाईसमेत उम्मेदवार बनाएका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट प्रचण्डका ज्वाई जीवन आचार्यलाई उम्मेदवार बनाएको बताइएको छ । आचार्यको उम्मेदवारीले माओवादी कार्यकर्ता नै असन्तुष्ट भएका छन् ।

माओवादीबाट नातावादको फाइदा लिनेमा नेता जनार्दन शर्माका भाइ पनि हुन् ।

शर्माका भाइ अनिल शर्मालाई टिकट दिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।

केही समयअघिमात्र अखिल क्रान्तिकारीको महाधिवेशनमा अध्यक्ष उठेर रन्जित तामाङसँग पराजित अनिल पूर्व गृहमन्त्री तथा माओवादी नेता शर्माका सहोदर भाइ हुन् ।

गठबन्धनका नाममा माओवादी नेताहरु वर्षमान पुनकी बहिनी पनि उम्मेदवार बन्न सफल भएकी छिन् । प्रदेशतर्फ १ को (क) मा वर्षमान पुनकी बहिनी सुशीला पुनलाई उम्मेदवार बनाइएको हो ।

सबैजसो दलले कतिपय व्यक्तिसँग मोटो रकम लिएर उम्मेदवार बनाएको छ । विशेषगरी उद्योगपतिहरु पार्टीलाई पैसा बुझाएर उम्मेदवारको सूचिमा अटाएका छन् । चर्चित उद्योगपति मोतिलाल दुगडले एमालेलाई ठूलै रकम बुझाएपछि समानुपातिक तर्फ सांसद बन्ने पक्का भएको छ । उनको नाम नेकपा एमालेले सिफारिस गरेको छ । पैसा बुझाएकै भरमा गैर राजनीतिक व्यक्ति दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेको बताइएको छ ।@reportersnepal






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution