हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

पोखरामा जङ्गलमा पाइने कालिजको व्यावसायिक पालन शुरू

कास्की । पोखरामा मामाभाञ्जाले जङ्गलमा पाइने कालिजको व्यावसायिक पालन शुरू गरेका छन् । व्यवसायीद्वय मामा पदम अधिकारी र भाञ्जा सोमनाथ लामिछानेले बेल्जियमबाट कालिजको अण्डा ल्याएर ह्याचरीबाट प्रशोधन गरी व्यावसायिक रूपमा कालिज पालन शुरू गरेका हुन् ।

उनीहरूले ठूलो क्षेत्रफल भएको क्षेत्रमा घाँस, स–साना रुख र घाँस रोपेर वरिपरि तारबार घेरेर व्यावसायिक कालिज पालन शुरू गरेका हुन् । उनीहरूले गगनगौंडापारि लामगादीमा सोमनाथ लामिछानेको १९ रोपनी पाखोवारीमा कालिजपालन गरेका हुन् । उनीहरूले २०७२ माघदेखि नेपाल वाइल्ड फूड प्रडक्ट प्रालि नामक कम्पनी  दर्ता गरेर व्यावसायिक कालिज पालन शुरू गरेका हुन् । १ करोड रुपैयाँको लगानीमा खोलिएको फार्ममा अधिकारीको ८० प्रतिशत र लामिछानेको २० प्रतिशत लगानी रहेको छ ।

२३ वर्षदेखि बेल्जियममा व्यवसाय गर्दै आएका युवा व्यवसायी अधिकारीले बेल्जियमबाटै कालिजका अण्डा ल्याएर ह्याचरीमार्फत चल्ला उत्पादन गरी व्यावसायिक पालन थालेका हुन् । २ वर्षअघि थालिएको कालिज उत्पादन अहिले फैलिँदै गएको छ । बेल्जियममा काम गर्ने क्रममा उनले व्यावसायिक कालिज पालन देखेका थिए । त्यहीँ आफैंले खानका लागि छुट्टै कालिज पाल्ने गरेका उनले स्वदेशको जन्मथलो आएर व्यावसायिक कालिज उत्पादन गर्ने योजना बनाएका हुन् ।

विदेशमा सिकेको नयाँ व्यवसाय, कसैसँग प्रतिस्पर्धा गर्नै नपर्ने र प्रशस्त सम्भावना भएकाले व्यावसायिक पक्षीपालन शुरू गरेको अधिकारीले बताए । शुरूमा १ हजार २ सय अण्डा ल्याएर काठमाडौंको एक ह्याचरीमा चल्ला उत्पादन गर्न लगाएर उनले त्यसलाई पोखरामा व्यावसायिक पालन गर्न थालेका हुन् । ‘कालिजको मासु र अण्डा स्वादिष्ट र स्वस्थकर हुने भएकाले बजारमा माग उच्च हुने सम्भावना देखेर उक्त व्यवसाय थालेका हौं,’ अभिकारीले भने, ‘हामीले कालिज पालन थालेको चर्चा चलेपछि काठमाडौं, विराटनगरलगायत स्थानबाट माग आएको छ ।’ उनका अनुसार कालिज पालनका बारेमा चर्चा, परिचर्चा चल्न थालेपछि उनको फार्ममा दैनिकजसो कालिजको मासु र अण्डा लिन र व्यावसायिक पालनका लागि सल्लाह लिन आउनेहरूको भीड नै लाग्न थालेको छ ।

अधिकारीले हाल दुईओटा ह्याचरी मेशिन ल्याएर आफैंले चल्ला उत्पादनसमेत थालेका छन् । अब एकैपटकमा ४/५ हजार चल्ला उत्पादन गर्न मिल्ने ह्याचरी मेशिन ल्याउने योजनामा रहेको उनले बताए । २ लाखभन्दा बढी कालिज पालन गर्ने योजनामा आफूहरू रहेकोसमेत उनको भनाइ थियो ।

आहारका रूपमा कालिजले मकै, गहुँ, घाँस, कीरा, फट्याङग्रा र सागपातलगायत खानेकुरा खाने गर्दछन् । हाल सातओटा केजमा तार जाली लगाएर कालिज पालन व्यवसाय गरिएको छ । उनीहरूले अहिले बाख्रा तथा तित्रा पालनका साथै फलफूल र तरकारी खेतीसमेत गर्दै आएका छन् । डेढ किलोग्राम तौल भएको कालिज विक्रीका लागि उपयुक्त मानिन्छ । उनीहरूले अहिले प्रतिगोटा ३ हजारमा कालिज विक्री गर्दै आएका छन् ।@अभियान






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution