झापामा वाम र राप्रपा तालमेल

चुनाव सुनिश्चितताका लागि भन्दै सरकारमा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा वाम गठबन्धनसँग तालमेलको तयारी गरेको छ। सुरुमा कांग्रेससँग तालमेलको निर्णय गरे पनि झापा ३ मा कांग्रेस र राप्रपा दुबैका उम्मेदवार तय भएपछि गठबन्धनमा समस्या भएको थियो।
झापा ३ मा कांग्रेसले कृष्ण सिटौलालाई उम्मेदवार बनाएको छ। यस्तै राप्रपाका तर्फबाट राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। दुबै उम्मेदवार घोषणा भएपछि तालमेल धरापमा परेको हो।
वाम गठबन्धनले झापा ३ मा लिङ्देनलाई सहयोग गर्ने गरी सिट बाँडफाँट टुंग्याएको छ। झापाका अन्य क्षेत्रमा राप्रपाले सहयोग गर्ने गरी वाम गठबन्धनले क्षेत्र नम्बर ३ मा लिङदेनलाई सहयोग गर्ने निर्णय गरेको हो।