बलत्कार पछि बालिकाको आँखा निकाल्ने प्रयास किन गरियो ? यस्तो छ कथा

काठमाण्डौ । संसारमा जसको कोही हुन्न उनिहरुको भगवान हुन्छ भन्छन तर सानो मै बाबुले लत्याएकी र आमाले सानैमा छोडेर आफ्नतको शरणमा बसेकी भोजपुर आम्चोकी ९ की एक बालीकाको हकमा यो पनि लागु भएन ।
गाँउमा घाँस काटेर फर्कीदै गर्दा स्थानीय सन्तोष श्रेष्ठले जबरजस्ती करण गर्न खोेजे ।
जब उनले प्रतिकार गर्न खोजीन श्रेष्ठले उनका घाँटी थिचे र आँखामा हिर्काए । तेस पछी उनले केही देखीनन् । कुटपीट पछि बेहोस भएकी उन्लाई अरु केही थाहा भएन् । आफ्न्तहरुले अस्पताल पु¥याएपछि मात्र थाहा पाईन उन्को त एउटा आंखा नै फुटिसकेछ ।
भोजपुरको सरस्वती माविमा अध्यनतर श्रेष्ठले जबरजस्ती गरेर आँखा झिक्ने प्रयास गरिएको रहेछ । कमजोर आर्थिक अवस्थाको परीवारमा रहेकी उनको अहिले धरान स्थीत विपी कोइरालाई स्वास्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । धरान स्थीत महिला सञ्जालको सहयोगमा उनको उपचारमा छुट त भएको छ तर औषधी किन्ने रकम अभाव छ ।
उनलाई बलत्कार गर्ने श्रेष्ठलाई भोजपुर प्रहरी कार्यालयले नियन्त्रणमा लिएर छानबिन गरीरहेको छ ।@news24nepal