हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ह्याङला सोनाम ल्होछार – अझै भ्रम किन ?

-कुमार ब्लोन तामाङ

तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछार नजिकै आउंदै गर्दा तातोतातो बहस सुरु भएको छ । सो बहस हुनु एक किसिमले राम्रो नै हो ।   २०४६ सालबाट तामाङ समुदायले सार्वजनिक रूपमा मनाउन थालेको सोनाम ल्होछार २०५१ सालबाट राज्यले राष्ट्रिय पर्वको रुप बिदा दिएको हो ।


सोनाम ल्होछार तामाङ समुदायको होइन भन्ने लामा गुरु तथा समर्थकहरु सोनाम ल्होछारको पात्रो छैन, सोनाम ल्होछार बि.स. पात्रो (सौर्य) अनुसार मनाउछन् , सोनाम ल्होछार १२ औ महिना मनाउने गर्छ, यो नयाँ बर्ष होइन आदि आदि आरोप लगाउने गरेको पाइन्छ । त्यति मात्र होइन ग्याल्बो लोसार चीनमा समेत मनाउने, ग्याल्बो भनेको बुद्ध हो, सोनाम ल्होछारमा प्रयोग गर्दै आएको सम्बत मन्जुश्रीको जन्म जयन्ती हो भनेको सुनेको छु ।

म लामो समय नेपाल तामाङ घेदुङ संस्था संग आवाद्ध भई काम गरेको नाताले सोनाम ल्होछार मनाउन थालेको धेरै बर्ष भैसकेको छ । हाम्रो पुर्खाले माघमा ल्हो फेर्छ भन्ने जनबिश्वास र परम्परा के हो ? विश्वमा ठुलो जनसंख्या भएको चीनमा (तिब्बत बाहेक) नयाँ बर्षको रुपमा सोनम ल्होछारको दिन नै मनाउदछ । उनीहरु यो नयाँ बर्षलाई Lunar new year भन्दछ । ल्हो गणना गर्दा खोर्लोमा भएको जनावर नै हुने गर्दछ । लुनार भनेको चन्द्र पात्रो होइन र ? अर्को कुरा चिनियाँहरु बौद्धमार्गी होइन र ? त्यही चन्द्र पात्रोमा बुद्ध जयन्ती परेको ठिक एक महिना पछि ग्याल्बो ल्होछारको पात्रोमा बुद्ध जयन्ती पर्दछ र मनाउने गरिन्छ त्यो ठिक हो र ? नेपाल सरकारले कुनै पनि आदिवासी जनजातिको बिदा दिने प्रचलन नभएको बेलामा तामाङ अग्रजहरुले राज्यबाट मान्यता लिन प्रस्तुत गरेको आधारहरु अध्ययन नगरिकन सार्वजनिक बिदा दिए होलान र ? मन्जुश्रीले ज्योतिष ज्ञानको धर्मदेशना गरेको स्मरण स्वरुव सोनाम ल्होछार मान्ने तामाङ समुदायले यो सम्बत प्रयोग गरेको हो ।

लामा गुरुहरुले आर्जन गरेको ज्ञानको आधारमा मात्र तामाङ समुदायको धर्म र संस्कृतिको मात्र ब्याख्या नगरिकन समग्र तामाङ संस्कृतिको आधारमा र बिश्वले प्रचलनमा ल्याएको चन्द्र पात्रोको आधारमा हामीले हाम्रो सोनाम ल्होछार मनाउनु पर्दछ ।

(लेखक: नेपाल तामाङ घेदुङका भूतपूर्व केन्द्रिय महासचिव हुनुहुन्छ)

नोट – पुनःपोस्ट गरिएको |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution