हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

काँग्रेसको घोषणापत्र सार्वजनिक : एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

काठमाडौं– मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला, नेता महेश आचार्य एवं बालकृष्ण खाँडले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

काँग्रेसले घोषणापत्रमा कम्युनिष्ट आवरणमा मुलुकमा फेरि अतिवाद उदाउन खोजेको भन्दै लोकतन्त्रको सबलीकरणका लागि सबैलाई एक जुट हुन आह्वान गरिएको छ। सत्तारुढ काँग्रेसले लोकतन्त्रको रक्षाका मध्यमार्गी दलको पक्षमा उत्रन आग्रहसमेत गरेको हो।

घोषणा पत्रमार्फत् प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुप्रति काँग्रेस आक्रमकरुपमा प्रस्तुत भएको छ।
‘एमालेको अतिवादी विचारले सामाजिक सद्‌भाव बिथोल्यो’

एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा ठूलो क्षति पुगेको कांग्रेसले जनाएको छ। संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गरेर कम्युनिष्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठवन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको कांग्रेसले आरोप लगाएको छ।

एमाले र माओवादी केन्द्र कम्युनिष्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोजेको जनाउँदै कांग्रेसले संसदमा कम्युनिष्टहरुको वर्चस्वले स्थिरताको ग्यारेण्टी नगर्ने दाबी गरेको छ।

संविधानभसाबाट जारी भएको संविधान कार्यान्वयनमा नजाँदै वाम गठबन्धन वर्तमान शासकीय स्वरुप परिर्वतन गर्न लागि परेको आरोप लगाउँदै कांग्रेसले राष्ट्रपति प्रणालीले राजनीतिक स्थिरता नदिने उसको विश्लेषण छ। ‘यस्तो अवस्था देशलाई केवल निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्छ,’ कांग्रेस घोषणापत्रमा छ।

‘माओवादी ढुलमुले’

माओवादी केन्द्रको ढुलमुले प्रवृत्तिले मुलुकको राष्ट्रिय राजनीति अस्थीर बनेको आरोप लगाउँदै उसमा सत्ताको लाभ खोज्ने प्रवृत्ति हामी भएको कांग्रेसले आरोप लगाएको छ। ‘पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि नेकपा माओवादी (केन्द्र) को परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्दत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दै आएको छ,’ उसले भनेको छ ।

त्यस्तै, संघीयताले देश तोड्ने नभएर जोड्ने उल्लेख गर्दै त्यसको सफलता कार्यान्वयन र संचालनका लागि पार्टीले चुनाव जित्नु पर्ने दाबी गरेको छ। ‘पर्याप्त स्रोत साधन, अधिकार, क्षमता र जवाफदेही सहितका स्थानीय, प्रादेशिक र संघीय सरकार जसले एकीकृत राष्ट्रिय अर्थतन्त्र मार्फत हिमाल, पहाड र मधेशलाई एकताको मालामा उन्नेछन्,’ उसले भनेको छ, ‘तिनको सफल संचालनका लागि नेपाली कांग्रेस आवश्यक छ ।’

छिमेकी राष्ट्रहरुसंग सन्तुलित र सम्मानजनक कूटनीतिक सम्बन्धलाई जोड दिंदै कांग्रेसले आर्थिक अन्तर्निर्भरता, जलवायुपरिवर्तन र आतंकवाद जस्ता साझा मुद्दामा छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने जनाएको छ । एमालेले दिएको खोक्रो राष्ट्रवादको नाराले मित्र राष्ट्रहरुसँग विश्वासको संकट बढेको उसले विश्लेषण छ ।

छिमेकीसँग असल सम्बन्धको पक्षमा

‘सबैछिमेकी राष्ट्रहरुसंग असल सम्वन्ध र सार्वभौम समानताका आधारमा स्वतन्त्र परराष्ट्रनीति अवलम्वन गर्दैगैरआवासीय नेपालीहरुलाई मुलुकको विकास मूलधारमा समाहित गर्न उनीहरुको सीप र पूँजीको अधिकतम उपयोग भएको हुनेछ,’ कांग्रेसले भनेको छ, ‘संसदीय लोकतन्त्रको जगमा समावेशी, न्यायपूर्ण, उत्तरदायी, भ्रष्टाचार–रहित शासन व्यवस्था सुदृढ भएको हुनेछ ।’

सशस्त्र द्वन्द्व–कालीन मुद्दाको निरुपण, आम पीडित जनतामा न्यायको प्रत्याभूति र शान्ति सम्झौतालाई विधिवत टुंगोमा पुर्‍याउने प्रतिवद्धता जनाउँदै संक्रमणकालीन न्याय निरुपण गर्ने जनाएको छ । कांग्रेसले मात्र शान्ति प्रक्रियाको भरपर्दो नेतृत्व गर्न सक्ने दाबी गरेको छ । समाजका हरेक समूह र वर्गवीच सिर्जनात्मक सहकार्य र सद्भाव कायम गर्ने जनाउँदै कांग्रेसले संघ–संस्था एवं सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरी सामाजिक–धार्मिक सद्भाव कायम गर्ने उल्लेख छ । बीपी कोइरालाको आदर्श अनुरुप लोकतान्त्रिक समाजवादी राज्य स्थापना गर्ने जनाउँदै कांग्रेसले स्तरीय शिक्षा र स्वास्थ्य सेवा लगायत चुस्त सार्वजनिक सेवा सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ। ‘समतामूलक समाज स्थापना गर्दै जोखिममा बाँच्ने नेपालीहरुको संख्या न्यून हुनेगरी २१औं शताब्दी अनुकुल सामाजिक सुरक्षा प्याकेजको महत्वाकांक्षी योजना कार्यान्वयन गरीने छ ,’ कांग्रेस घोषणापत्रमा छ।

उसले अबको दश वर्षमा अधिकांश नागरिक मध्यम–वर्गीय, निजी उद्यम र व्यवसाय–मैत्री भएको गतिशील लोककल्याणकारी राज्य हुने परिकल्पना गरेको छ । त्यस अवधिमा द्रुत र फराकिलो आर्थिक बृद्धि हासिल भई अर्थतन्त्रकोआकार एक सय खर्वकोहाराहारीमा पुग्ने लक्षयसहित लाखौं नयाँ रोजगारी सिर्जना हुने उसले सपना देखेको छ ।

‘कुल गार्हस्थ्य उत्पादनको अनुपातमा औसत पाँच प्रतिशत (वार्षिक रु. १खर्वदेखि ५ खर्व) बराबरको विदेशी प्रत्यक्ष लगानी भित्रिनेछ । अर्थतन्त्रमा नेपाली उत्पादनमूलक उद्योगको अंश ५ बाट १५ प्रतिशत पुगी अन्तर्राष्ट्रिय उत्पादन संजालमा गाँसिएको हुनेछ,’ कांग्रेसले दश वर्षे विकास लक्ष्य दृष्टीकोणमा भनेको छ, ‘गरिबीको रेखामुनिरहेका जनताको हिस्सा ३ प्रतिशत भन्दा कम हुनेछ । जीवनचक्रका जोखिमपूर्ण अवधिहरुमा केन्द्रित भई सशर्त नगद हस्तान्तरण, न्यूनतम रोजगारी ग्यारेन्टी र आधारभूत आय निश्चित गरिएकोबृहत सुरक्षा प्याकेजको कार्यान्वयन हुनेछ।’

सबै युवाहरु साक्षर भएका र कुनै न कुनै विषयमा सिप र दक्षता हासिल गरेको हुने जनाउँदै उसले भनेको छ, ‘औसत नेपालीको आयु७७ वर्ष नाघ्ने, शिशु मृत्युदर ३३ (प्रति १००० जीवित जन्म) बाट घटेर एकल अंकमा सीमित हुनेर मातृमुत्युदर २५८ (प्रति एक लाख जीवित जन्म) बाट घटेर ५० पुगेको हुनेछ ।’

१५ हजार मेगावाट भन्दा बढी ऊर्जाको उत्पादन गर्ने जनाउँदै कांग्रेसले आन्तरिक खपत भन्दा बढी ऊर्जा निर्यात गरिनेछ र नेपालको अन्तर्राष्ट्रिय छवि “शत प्रतिशत स्वच्छ उर्जामा आधारित वातावरण मैत्री अर्थतन्त्र” बनाउने घोषणापत्रमा लेखिएको छ ।

सबै नेपालीको पहुँचमा मोबाइल फोन र इन्टरनेट पुर्‍याउने उल्लेख गर्दै १६ वर्ष भन्दा माथिका सबै नेपालीको बैंक खाता हुनेछ भने ऋण लिएका ८० प्रतिशत भन्दा बढी घरधुरीको स्रोत औपचारिक वित्तीय क्षेत्र हुनेछ।’

नेपाली कांग्रेश घोषणापत्र – २०७४ को पूर्णपाठ पढ्नको लागि क्लिक गर्नुहोस्






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution