हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रहरीको कुन आँखाले देख्यो ढुंगेललाई ?

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरीको पालामा माओवादी नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो। तत्कालीन समयमा माओवादीको दबाबले ठकुरीले ढुंगेललाई पक्राउ गर्न सकेनन्। माओवादी शान्ति प्रक्रियामा आएर सत्ताको बागडोर सम्हालेको बेला ढुंगेलको गिरफ्तारी ठकुरीलाई महंगो सावित हुन्थ्यो। उनीपछिका अर्का आईजीपी कुबेरसिंह रानासँग त नेता ढुंगेल एउटै मञ्चमा बस्दा समेत पक्राउ परेनन्। द्वन्द्वकालीन मुद्दा भन्दै त्यो अवस्थामा प्रहरीले ढुंगेललाई पक्राउ गर्न चाहेन वा सकेन।

राजनीति वृत्तको केन्द्रमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी नेतृत्वसँगै अन्य राजनीतिक दलका नेतालाई समेत ढुंगेललाई गिरफ्तार नगरिदिन भन्दै आग्रह गरे। प्रचण्ड दुई पटक प्रधानमन्त्री बने, अर्का माओवादी नेता बाबुराम भट्टराई समेत एक पटक प्रधानमन्त्री बने। त्यतिबेलासम्म ढुंगलको बचाऊ स्वभाविकै थियो।

पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि पनि विपक्षीदलबाट ढुंगेलललाई पक्राउ गर्न चर्को दबाब थियो। तर, संविधानसभाको दोश्रो चुनावको मुखमा ढुंगेलको गिरफ्तारी राजनीतिक तहमा मँहगो पर्ने सावित देखेर अर्यालले त्यो रिक्स मोल्न चाहेनन्। अर्याल तीन वर्षे कार्यकाल काटेर अवकाश भए।

लामो रस्साकस्सी र विवादपछि प्रकाश अर्याल आईजीपी बने। अर्यालले पनि स्वभाविक रुपमा ढुंगेललाई पक्राउ गर्न सक्थे तर उनले पनि राजनीतिक दाउपेच कुरेर बसे। माओवादीकै नेता जनार्दन शर्मा गृहमन्त्री रहेका बेला ढुंगेललाई पक्राउ गर्न उनले हिम्मत गरेनन्। गृहमन्त्री शर्मालाई प्रत्यके दिन रिर्पोटिङ गर्नुपर्ने आन्तरिक व्यवस्थाका कारण आईजीपी अर्यालले अप्ठेरोमा थिए।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मुखमा एमाले र माओवादीबीच वाम गठबन्धन भएपछि हच्चिएको नेपाली कांग्रेसले ढुंगेललाई पक्राउ गर्न प्रहरीमाथि दबाब दिएको जानकार बताउछन्।
यो सँगै आईजीपी अर्याललाई ढुंगेल पक्राउ गर्नै पर्ने थप दबाब सर्वोच्च अदालतबाट पर्‍यो। सँगै माओवादीका गृहमन्त्री शर्मा बिना विभागीय मन्त्रीको रुपमा मन्त्रिपरिषद्मै थन्किएकाले समेत ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई सहज भएको देखिन्छ।

मंगलबार ढुंगेल पक्राउ परेपछि राजनीतिक शक्तिकै कारण यतिका समय ढुंगेल नदेख्ने प्रहरीले अहिले कुन आँखाले देख्यो ? यो प्रश्न टड्कारो रुपमा उब्जिएको छ। ढुंगेलको गिरफ्तारिका लागि कांग्रेसकै जोडबलमा सर्वोच्चमा आईजीपी अर्यालविरुद्ध अवहेलना मुद्दा दायर भएको विश्लेषण सुरु भएको छ।

प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपाने भन्छन्,‘ ढुंगेल ज्यान मुद्दामा फरार रहेकाले पक्राउ गरिएको हो, पहिला उनी फरार थिए। अहिले भेटियो पक्राउ गर्‍यौं।’ उनले प्रहरी प्रमुखलाई अवहेलना मुद्दा दायर भएकै कारण ढुंगेललाई पक्राउ गरिएको दाबीलाई भने अस्वीकार गरे।@annapurnapost






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution