नेपाली बौद्धधर्ममाथि बिभिन्न कोणबाट प्रहार हुनेक्रम बढ्दो छ – आचार्य नुर्वु शेर्पा

तमसोमा ज्योतिर्गमयमा केहि हप्ता अघि पुर्वमहान्यायाधिवक्ता डाक्टर युवराज संगौलासंग टिकाराम यात्रीले गरेको समसामयिक वार्तामा बौद्ध गुम्बाहरु भित्र हतियार रहेको भन्ने सनसनीखेज खुलासाले बौद्ध समुदायलाई आक्रोशित बनायो र उक्त कार्यक्रमका प्रस्तोता टिकाराम यात्री र डा. युवराज संगौलाको बिरुद्ध मुद्दा समेत दर्ता भयो तर पछि तमसोमा ज्योतिर्गमयको उद्देस्य धार्मिक आस्थामा चोट लगाउने नभएको भन्दै फिर्ता पनि लिईयो ।
के बौद्ध गुम्बा भित्र हातहतियार छ ? किन बौद्ध गुम्बाको बिरुद्ध अर्नगल प्रसार हुदैछ यसको भित्रि कारण के हो ? को को यस्तो कार्यमा संग्लन छ अनि किन ? आदि प्रश्नहरुको उतर खोज्न तमसोमा ज्योतिर्गमयमा टीकाराम यात्रीले बौद्ध धर्मका प्रकाण्ड विद्वान आचार्य नुर्वु शेर्पालाई बोलाएर एक महत्वपूर्ण अन्तर्वार्ता सबैको सामुने राखेका छन् , जसमा आचार्य नोर्बुले राखेका धारणा निम्नानुसार छ :-
नेपालको बौद्ध धर्ममाथि बिभिन्न कोणबाट प्रहार हुने क्रम बढ्दो छ यसैको नतिजा स्वरूप बिभिन्न ब्यक्तिले अर्नगल प्रचारप्रसार गर्दै गुम्बा बिरोधि अभिव्यक्ति दिने गरेका छन । देशको कमजोर राजनैतिक धरातलमा नेपालीहरुलाई लडाउने या धार्मिक युद्ध गराउन खोज्ने शक्तिहरुले गुम्बामा हातहतियार छ भन्ने भावना बिकाश गएका हुन् तर नेपालको गुम्बाहरुमा कुनै पनि किसिमको हातहतियार नरहेको कुरा भिम रावल रक्षामन्त्रि हुदा गठित आयोगले छानबिन गरिसकको हो ।
बौद्ध गुम्बाहरु बिदेशीहरुले गर्ने ठुलो सहयोग कुनै स्वार्थले गरेका होइनन , यहाँको गुम्बाहरुमा बिदेशीहरुले आएर अध्ययन गरेर गए पछि खुशी भएर सहयोग गरेका हुन् , यसकारण बिदेशीको सहयोगले मात्रै कुनै एकल गुम्बा आजसम्म निर्माण भएको छैन ।
कुनै विदेशीले सबै सहयोग गरेको भए गुम्बा चाडै निर्माण हुन् थियो तर एउटा गुम्बा निर्माण हुन् १० बर्षसम्म लाग्ने गरेको छ । गुम्वाहरुमा हतिहार छ भन्नु अफवाह ।
भगवान बुद्धको जन्मभूमि लुम्बिनीमा नेपालीले गुम्बा बनाउन पाउदैन विदेशीले मात्रै पाउछ ।
‘‘२०५८ सालको जनगणना अनुसार नेपाल भरि ११ % बौद्ध धर्म समुदाय रहेकोमा १० बर्ष पछिको जनगणनामा त्यो संख्या २ % ले घटेको देखाउछ , यसको अर्थ लगभग जम्मा जनसंख्याको ६ लाख मानिसहरुले बौद्ध धर्म छोडेको देखाउछ । त्यही अवधिमा हिन्दु धर्मालम्बीहरुको संख्या थोरै प्रतिशत बढेर ८१ % भन्दा अलिक बढी छ तर त्यही अवधिमा क्रिश्चियन धर्मालम्बीहरुको संख्या ०.५ या ०.६ प्रतिशतबाट हवातै बढेर १.७ % बढेको” जनगणना गर्दा खेरि कुन देउवा पुजगरिस भन्दै तेसैको आधारमा धर्म उलेख गरेको हुदा बौद्ध धर्मालम्बीको प्रतिशत घटेको हो , नेपालमा सहि जनगणना नभएको मात्रै हो , बौद्ध धर्मालम्बीहरु क्रिश्चियन भएका छैनन । कोहि केहि लोभ लालचले क्रिश्चियन भए पनि आफ्नु लोभ लालच पुरा भए पछि आफ्नै धर्ममा फर्किन्छन् ।
आचार्य नोर्बु शेर्पा संगको अन्तवार्ता सुन्नको लागि क्लिक गर्नुहोस्