हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

साँस्कृतिक लडाइँ जित्यौ, राजनीतिक लडाइँ जित्नु बाँकी छ ः गोले

नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले तामाङ समुदायले साँस्कृतिक लडाइँ जितिसकेको दाबी गरेका छन् । उनले भने– साँस्कृतिक लडाइँ जित्यौ, अब राजनीतिक लडाइँ जित्नु बाँकी छ ।

नेपाल तामाङ घेदुङ सुनसरी जिल्ला शाखाले गत कातिक ९ गते धरानमा आयोजना गरेको आसन्न प्रदेश, संघको निर्बाचनमा तामाङ समुदायको भूमिका विषयक कार्यक्रममा बोल्दै गोलेले सो दाबी गरेका हुन् ।

उनले सोनाम ल्होछार समारोहमा एकलाखभन्दा बढी तामाङ समुदायको उपस्थिति हुनु, भर्खरै नेपाल आइडल बुद्ध लामा तामाङले जित्नु र यस अघि इन्डियन आइडल प्रशान्त तामाङले जित्नु नै तामाङ समुदायले साँस्कृतिक क्रान्ति जितिसकेको सुचक भएको बताए । गोलेले विश्व आईडल प्रतियोगिता गरियो भने पनि तामाङले नै जित्ने दाबी गरे ।

सामाजिक आन्दोलनबाट राजनीतिक आन्दोलनतर्फ अघि बढ्ने कसी पत्ता नलगाउँदा आफूहरु लामो समय भौतारिएको उनको भनाई थियो । राजनीतिमा जोड्ने कसी आर्थिक क्रान्ति भएको र त्यही कसीको रुपमा घेदुङले सहकारी संस्था स्थापना गरेको बताए ।

अहिले हामी सुरुवात मात्रै गर्दैछौ, गोलेले अगाडि भने– सबैले साथ दिनोस्, यो कसीले सामाजिक क्रान्तिमा रहेको तामाङ समुदायलाई राजनीतिमा जोड्ने दिन हामीमाथि विभेद गर्ने थोत्रो सिंहदरबारमा १० रेक्टर स्केलको महाभूकम्प जानेछ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र तामाङले घेदुङले आर्थिक उन्नतिको लागि अगाडि सारेको सहकारी अवधारणा अत्यन्तै राम्रो भएको र यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

नेपाल तामाङ घेदुङका प्रदेश नं. १ का अध्यक्ष मित्रसेन योन्जन तामाङले प्रदेश र संघको निर्बाचनमा तामाङ समुदायको न्युन उपस्थिति हुने संकेत देखिएको बताए । उनले राजनीतिलाई बुझ्न नसक्दा तामाङहरु नीति निर्माण तहमा पुग्न नसकेको दाबी गरे ।
जिल्ला घेदुङका अध्यक्ष सुरज लामा तामाङको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन सचिव मंगल तामाङले गरेका थिए । कार्यक्रममा लक्ष्मण मोक्तान, हर्क प्रसाद लामा, सफलकुमार योन्जन, बद्री तामाङ र कल्पना सिंगर तामाङले बोलेका थिए ।
यसैगरी कातिक ७ गते मोरङको कोशी हरैचा नगरपालिका स्थित तामाङ गुम्बामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा घेदुङका पूर्व अध्यक्ष महेन्द्रजंग तामाङले घेदुङले अघि सारेको सहकारीलाई सबैले सहयोग गरेर जाने हो भने थुप्रै काम गर्न सकिने बताए ।

जिल्ला घेदुङका उपाध्यक्ष चन्द्र घिसिङ तामाङको सभापतित्वमा सम्पन्न उक्त छलफल कार्यक्रममा प्रदेश अध्यक्ष मित्रसेन योन्जन, शेरबहादुर मोक्तान, बालकुमार तामाङ, नविन मोक्तानले समेत बोलेका थिए ।

यसैगरी कातिक ८ गते झापाको बिर्तामोड स्थित नेपाल आदिवासी जनजाति महासंघको हलमा कार्यक्रम सम्पन्न भएको थियो । घेदुङका जिल्ला अध्यक्ष काजिमान घिसिङ तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश अध्यक्ष मित्रसेन योन्जनले कार्यक्रमको औचित्य सम्बन्धमा प्रष्ट पारेका थिए ।

मोरङ र झापाको दुवै कार्यक्रममा घेदुङका केन्द्रीय अध्यक्षले सम्बोधन गरेका थिए । उनले संविधानको समानुपातिक प्रतिनिधित्व हुने ब्यवस्था अनुसार तामाङ जातिको ६ प्रतिशत जनसङ्ख्याको आधारमा कम्तिमा प्रदेश सभामा ३३ जना र प्रतिनिधिसभामा १७ जना अनिवार्य पुग्नुपर्ने बताए ।

राजनीतिक दलहरुले उमेदवारी दिने बेलामा नै तामाङलाई टिकट नदिएर विभेद गरेको उनको आरोप थियो । आदिवासीको २८.७ प्रतिशतभित्र तामाङलाई हालेर अन्याय गरेको भन्दै गोलेले थारु जनजातिलाई जस्तै तामाङलाई पनि ६ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution