किम जोङ पत्नीसहित कस्मेटिक पसल पुगेपछि…

कात्तिक १३, २०७४ उत्तरक कोरियाको नाम सुन्ने बित्तिकै मान्छेका दिमागमा त्यहाँका सर्वोच्च नेता किम जोङ उनको अनुहार आउछ। साथमा ठूला ठूला सेनाका फौंज र मिसाइल अनि परमाणु हतियार आँखामा नाच्छन्।
किम जोङकी पत्नी रि सोल जु सायदैकोमा आउला किनकी उनी बिरलै मात्र सार्वजनिक कार्यक्रममा देखा पर्छिन्। यतिबेला किम जोङ उन अमेरिका र उसका सहियोगी दक्षिण कोरिया अनि जापान लगायतका देशसँगको तनावबाट गुज्रिरहेका छन्।
यो तनावकाबीचबाट समय निकालेर उनले पत्नी रि सोल जुलाई लिएर राजधानी प्योङयाङमा रहेको एक कस्मेटिक फ्याक्ट्रीको भ्रमण गरेका छन्। साथमा उनकी बहिनी र पार्टीका एक वरिष्ठ नेता पनि थिए। केही समय पहिले मात्रै उक्त फ्याक्ट्रीलाई नयाँ रुप दिइएको थियो। सार्वजनिक कार्यक्रममा पत्नीका साथमा बिरलै मात्र देखिने किम जोङ उन १४ वर्ष पहिले आफ्ना बुबा किम जोङ इलले भ्रमण गरेको फ्याक्ट्री पुगेका हुन्। पत्नीका साथ फ्याक्ट्रीमा पुगेको किम जोङ उनको भ्रमणलाई सरकारी सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रसारित गरेका थिए।
किम जोङ उनले कस्मेटिक फ्याक्ट्रीमा भ्रमण गर्नु एक दिन पहिले अमेरिकी रक्षा मन्त्री जिम मैटिसले उत्तर कोरियालाई कहिले पनि परमाणु शक्ति सम्पन्न देशका रुपमा स्वीकार नगर्ने बताएका थिए। मैटिस शनिबार मात्रै उत्तर कोरियाको शत्रुको रुपमा रहेको र अमेरिकासँग सहकार्य गरिरहेको देश दक्षिण कोरिया पुगेका थिए।
उनले दक्षिण कोरिया पुगेर उत्तर कोरियाले कुनै पनि हतियार प्रयोग गरे त्यसको कडा जवाफ दिने बताएका थिए। उत्तर कोरियाको परमाणु परीक्षणका कारण उक्त क्षेत्रमा तनाव भइरहेका बेला र अमेरिकी रक्षामन्त्रीले कडा जवाफ दिइरहेका बेला किम जोङ उन भने नयाँ रुपमा देखा परेका हुन्। सधैं मिसाइल परिक्षण गरेको फोटो र भिडियो सार्वजनिक हुने उन पत्नीसँग कस्मेटीक फ्याक्ट्री भ्रमण अलग रुपमा देखा परेको छ।
उनकी पत्नी रि ले कालो र सेतो बुट्टेदार पहिरन लगाएकी थिइन्। उनको यो भ्रमणले पारिवारिक सम्बन्ध राम्रो भएको सन्देश दिन खोजेको ब्याख्या गरिएको छ। पत्नीसँग कस्मेटिक फ्याक्ट्री भ्रमण उनको पहिलो भएको दावी गरिएको छ। किमले भ्रमणका क्रममा उत्पादनलाई विश्वस्तरीय बनाउन निर्देशन दिएका थिए। उनले प्योङयाङको सामान दक्षिण कोरिया र चीनको जस्तै राम्रो भएको सन्देश दिनका लागि उक्त भ्रमण गरेको बताइएको छ। @एज़ेन्सी