हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

बाम गठबन्धनको साम्यवाद र लोकतान्त्रिक गठबन्धनको त्रास

-मोहन गोले तामाङ

प्रदेश र संघको निर्बाचनको संघारमा दुई ठूला पार्टीहरु एमाले र काङ्ग्रेसले भिन्नाभिन्नै दुई महा गठबन्धन बनाए । एमाले–माओवादी गठबन्धनको नाम बाम गठबन्धन र काङ्ग्रेस–राप्रपा गठबन्धन लोकतान्त्रिक गठबन्धनको नामले चिनिएको छ । बाम गठबन्धनले दुई तिहाई ल्याएर स्थीर सरकार बनाउने र नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने झ्याली पिट्न थालेपछि लोकतान्त्रिक गठबन्धनले लोकतन्त्रमाथि खतरा बढेको र साम्यवादी एकदलीय कम्युनिष्ट शासन लादिने त्रासको राजनीतिक ब्यापार सुरु ग¥यो । सम्भवतः निर्बाचनमा यी दुई ठूला गठबन्धनले यसैलाई चुनावी नारा बनाएर जनतामा जाने देखिन्छ । सारमा यो दुवै गठबन्धन न समाजवाद हुँदै साम्यवादसम्म पुग्नको लागि हो, न लोकतान्त्रिक मूल्य, मान्यता स्थापित गर्नको लागि नै हो । यो फगत जनताको समाज विकासको नियमलाई बुझ्न नसक्ने अनविज्ञताको फाइदा उठाएर गरिने प्रचार सामाग्री मात्र हुन् । यो मुद्धाको हिसावले उत्पीडित जनतालाई अधिकार दिन बनेको गठबन्धन होइन ।

यो अवसरवादी र दक्षिणपन्थीहरु बीच सत्तामा टिकिरहन गरिएको गठबन्धन हो । बाम गठबन्धनको गणितबाट तर्सिएको काङ्ग्रेसले स्थानीय निर्बाचनमा बढारिएको राप्रपालाई जोडेर लोकतान्त्रिक गठबन्धन बनायो । यो उसको रहर नभएर बाध्यता थियो । यी दुवै गठबन्धनले नश्लीय सत्तालाई अझ बलियो बनाउने देखिन्छ । स्थानीय तहको निर्बाचन परिणामबाट आफ्नो सीट सुरक्षित नदेखेका प्रचण्ड र काङ्ग्रेस–माओवादी मिलेर ५ बर्ष खाए आफू सकिने ओली बुझाइको मेलबाट बनेको यो तालमेल हो ।

काङ्ग्रेस, एमाले र माओवादी समेतले गरेको यस अघिको विश्लेषणमा नेपाल पुँजिवादमा प्रवेश गरिसक्यो भन्ने छ । फरक यति हो कि समयको हिसावले केहीले अलि अघि त केहीले अलि पछि दाबी गरेका मात्र हुन् । त्यसैले समाजवादको कुरा गर्नु अघि पुँजिवादको प्रसंग जोड्नु आवश्यक हुन्छ । पुँजिवादको मुटु भनेकै नाफा हो । नाफा कमाउन अर्थात मुटु चलाउनको लागि पुँजिवादले पुँजि लगानी गर्छ, उत्पादन गर्छ र नाफा कमाउँछ । फेरि पुनर्लगानी, पुनर्उत्पादन र पुनर्नाफाको चक्रबाट यो ब्यवस्थाले निरन्तरता पाएको हुन्छ । यसमा नाफाको लागि मजदुरहरुको अतिरिक्त श्रमको शोषण गरिन्छ । त्यसकारण यो नाफामुखी ब्यवस्था चीरकालसम्म रहिरहन सक्दैन, यसको अन्त अवश्यम्भावी छ । पुँजिवादको अन्तपछि पुगिने अर्थ ब्यवस्था भनेकै समाजवाद हो । समाजवाद भनेको उत्पादनका साधनहरुमाथि सामाजिक स्वामित्व रहने ब्यवस्था हो ।

यो ब्यवस्थामा भूमि, कारखाना, खानी, यातायात, सञ्चार आदि उत्पादनका प्रमूख साधनलाई सामाजिकीकरण गरिन्छ । जसले गर्दा मान्छेले मान्छेलाई शोषण गर्ने भौतिक आधारको समाप्ती हुन्छ ।
समाजवाद भनेको पुँजिवादी र साम्यवादी समाजको बीचमा पहिलोबाट दोस्रोमा जाने वा राजनीतिक संक्रमणको समयावधि हो । यो अवधिमा बर्गहरु बाँकी रहने र पुँजिपतिहरुले पुरानै ब्यवस्था पल्टाउन सक्ने हुँदा लेनिनले राज्यलाई निश्चित समयसम्म सर्वहारा बर्गले थिचेर राख्नुपर्छ अर्थात बर्गीय अधिनायकत्व कायम राखिनुपर्छ भनेका हुन् । तर काङ्ग्रेस लोकतन्त्रको नाममा कुनैपनि खालको अधिनायकत्व स्वीकार गर्दैन ।

सिद्धान्ततः काङ्ग्रेस पनि पुँजिवादी ब्यवस्थाको अन्त गरेर समाजवाद चाहने नै पार्टी हो । किनकि उसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्शको रुपमा विधानत अहिलेसम्म ग्रहण गरेको छ । तर बीपीको अवसानपछि काङ्ग्रेसभित्र उम्रेको वर्तमान नेतृत्वसम्मको चरित्र र ब्यवहार हेर्दा राप्रपाको उदारवादसँग नजिकिएको देखिन्छ । यस अर्थमा समाजवादसम्मको मात्र बाटो कोरेको काङ्ग्रेस साम्यवादी भूतबाट झस्किनु स्वभाविक भएपनि मेरो बिचारमा उ यति धेरै तर्सिनु अस्वभाविक र असामान्य जस्तो लाग्छ । यदि तर्सिने नै हो भने उसले आफ्नो विधानबाट समाजवाद हटाउनु पर्छ र त्यसको ठाउँमा राष्ट्रियता, प्रजातन्त्र र पुँजिवाद लेख्नुपर्छ, जसरी राप्रपाले प्रष्टसँग उदारवाद लेखेको छ ।

अब रह्यो बाम गठबन्धनमा सामेल एमाले र माओवादीको कुरा । नेपालको यी दुई पार्टीहरु संसदवादमा रुपान्तरण भइसकेका कम्युनिष्ट पार्टी हुन् । उनीहरुको नीति, कार्यक्रम काङ्ग्रेसको भन्दा भिन्न छैन । एमाले कम्युनिष्ट र हात्तीको दाँत एउटै हो । उसले चपाउन सक्दैन किनकि एमालेको माक्र्सवादी बंगारा फुक्लिएर झरिसकेको छ । उ हास्दा देखिने रातो दन्त लहर दाँत होइन, गिजा हो । गिजाले चपाउन सक्दैन । जनयुद्धको रापतापबाट जन्मिएको पार्टी हुनाले माओवादीसँग केही सक्कली दाँत भएपनि मुख्य बंगारालाई पुँजिवादी किराले खाएर चपाउन नसक्ने बनाई दिएको छ । चपाउन खोज्दा उसको दाँत झन्झनाउँछ । अझ एमालेसँगको गठबन्धनले उसँग भएको बाँकी दाँत पनि भुत्ते हुँदै जाने निश्चित छ ।

कम्युनिष्ट पार्टीको क्रान्तिकारीपन उसले पुँजिपतिसँग गर्ने बर्ग सङ्घर्षको नीति र समाजवादमा पुग्नको लागि अपनाउने बाटोले निर्धारण गर्छ । खासगरी समाजवादमा पुगिने दुईवटा बाटाहरु हुन्छन् । एउटा बल प्रयोग अथवा हस्तक्षेपकारी बाटो हो भने अर्को पुँजिवादको आयु सकिएर स्वत पुगिने बाटो हो । बल प्रयोगको बाटो अपनाउनेलाई माक्र्सवादी समाजवाद भनिन्छ । यो बाटो रोज्नेले पुँजिवादी ब्यवस्थालाई क्रान्तिद्वारा हत्याएपछि मात्र समाजवाद स्थापित हुन्छ भन्ने मान्यतामा विश्वास गर्छन् । जसरी रुसमा अक्टोबर क्रान्तिले जनतालाई सोझै पुँजिवादबाट समाजवादमा संक्रमित गराएको थियो । दोस्रो, पुँजिवाद कालगतिले मरेपछि स्वत पुगिने बाटो अपनाउनेलाई लोकतान्त्रिक समाजवाद भनिन्छ ।

संसदवादमा विश्वास गर्ने यी दुई ठूला कम्युनिष्ट पार्टीले अपनाउने दोस्रो बाटो नै हो । यो बाटो नरोजेको भए उनीहरुले अमेरिका र भारतको आशिर्वाद पाउन सक्दैनथे र सत्ताबाट बाहिर रहिरहनु पर्ने अवस्था हुन्थ्यो । नेपाली काङ्ग्रेसको पनि बाटो यही हो । विश्व पुँजिवादी मुलुकको आशिर्वाद पाएर पटक पटक सत्ताको स्वाद चाखिसकेको एमाले कम्युनिष्ट नामधारी पार्टी माक्र्सवादी बाटो बिराएर यति टाढा पुगिसकेको छ कि अब उसले माक्र्सवादी बाटो पहिल्याउनै सक्दैन । अहिले उसकै कार्यकर्ता विश्व साम्राज्यवादले फ्याकेको आइएनजिओको जालोभित्र धेरै जेलिएको देखिन्छ । समग्रमा यी दुवै लोकतान्त्रिक समाजवादको बाटो अपनाउने कम्युनिष्ट पार्टीले अर्कोतर्फ पुँजिवादबाट पर्याप्त फाईदा पनि लिइरहेका छन् । त्यसैले उनीहरु पुँजिवादलाई सुनको अण्डा पार्ने कुखुरी सम्झन्छ र उसको दीर्घजीवीको लागि दिनहुँ धुप हाल्दै पूजा गरेर राख्छ । उसले पुँजिवादलाई मार्दैन र हत्तपत्त कालले मर्न पनि दिँदैन । मर्न खोज्यो भने उनीहरु अनेक रुप र रंगमा बचाएर राख्न खोज्दछ । किनकि यही चरित्रको कारण पुँजिवादका विश्व मालिकहरुसँग उनीहरुको सम्बन्ध कायम भएको हुन्छ र त्यही सम्बन्धको आधारमा सत्तामा पुग्न सकेका हुन्छन् ।

त्यसैले नेपालको पुँजिवाद दलाल पुँजिवादको रुपमा विकास भएर गएको छ । यसले स्वदेशी पुँजिलाई होइन, विदेशी पुँजिलाई प्राथमिकता दिन्छ । यो अमेरिकी नेतृत्वको विश्व साम्राज्यवादको ओपेन मार्केटवाला छाता ओढेर हुर्किरहेको छ । त्यसकारण पनि यो पुँजिवादलाई एमाले, माओवादी जस्तो संसदीय कम्युनिष्टको हावा, हुरीले केही गर्न सक्दैन । किनकि संसदीय आहालमा डुबिसकेपछि उसमा कम्युनिष्ट नाम मात्रै बाँकी हुन्छ, भित्री चुर हुँदैन । यसरी हेर्दा भर्खरै उदाएको नेपालको पुँजिवाद कम्तिमा ५० बर्ष बीचमा आफ्नो कालले मर्ने देखिदैन । जुन धेरै टाढाको कुरा हो तर प्रचण्ड कमरेडले आफ्नै जुनीमा समाजवादी क्रान्ति हेर्ने इच्छा ब्यक्त गर्नुभएको छ । यो उहाँको हतारको इच्छा पंक्तिकारले बुझ्न नसकेको विषय हो । दुई तिहाइ ल्याएर जर्बजस्त माक्र्सवादी बाटोबाट समाजवाद ल्याउने हो भने मेरो शुभेच्छा मात्रै होइन, पूर्ण सहयोग पनि रहनेछ । तर एमालेसँगको सहकार्यमा नै उहाँले समाजवाद ल्याउने सपना बुन्नु भएको हो भने अर्को जुनी पर्खिनुपर्ने हुन्छ । यो जुनीमा सम्भव छैन । मुल रुपमा चरित्र परिवर्तन गरिसकेको दक्षिणपन्थी लाईन समातेको संशोधनवादी कम्युनिष्ट पार्टीहरुले अझ बर्ग बिहीन, राज्य बिहीन ब्यवस्थाको साम्यवाद नै ल्याउँछ भन्नु त दृष्टिभ्रम र मिथ्या प्रचार बाहेक अरु केही होइन । जुन आरोप लगाउने काङ्ग्रेसलाई पनि लाज लाग्ने विषय हो । संसारको कुनै पनि कम्युनिष्ट राज्य आजसम्म साम्यवादमा पुगेको छैन भने नेपालबाटै त्यस्तो ब्यवस्था स्थापित गर्छ भन्नुमा कुनै तुक छैन ।

तसर्थ, आचरणगत रुपमा भाई काङ्गे्रस बनिसकेको एमाले–माओवादी गठबन्धनबाट काङ्ग्रेस तर्सिनु पर्दैन । उसले बल प्रयोग गरेर नेपाली समाजलाई साम्यवाद त के समाजवादमा पनि पु¥याउने छैन । तर दुई दल मिलेर चुनाव लड्दा काङ्ग्रेसको नाजुक अवस्था होला कि भनेर तर्सिएको हो भने त्यो सही हुनसक्छ । किनकि तीन दल चुनाव लड्दाको अवस्थामा भन्दा दुई दल मिलेर लडेको अवस्थामा काङ्ग्रेस केही खुम्चिने निश्चित छ । तर काङ्ग्रेसको आकार खुम्चिदैमा, सत्ताबाट पाँचबर्ष बाहिर बस्नु पर्दैमा लोकतन्त्र नै धरापमा पर्ने देख्नु गलत हो । यो सोचाईबाट काङ्ग्रेस मुक्त हुन जरुरी छ । यस्ता म्याद सकिएको हावादारी आरोप बोकेर काङ्ग्रेस निर्बाचनमा जानु हुँदैन ।

अर्कोतर्फ बाम गठबन्धनले जुन समाजवादी क्रान्तिको सपना बेच्ने कोशिस गरिरहेका छन् । यस्तो सय बर्षपछि बिक्रि हुने सामानको ब्यापार अहिले गर्नु हुँदैन । विगतको सामन्ती कालखण्डमा जन्मिएको काङ्ग्रेस, कम्युनिष्ट जस्ता पार्टीहरु सबैले आर्थिक नीतिलाई केन्द्र विन्दुमा राखेर पार्टी बनाए । समय अनुसार त्यो ठीक थियो । अब सामन्तवादको मूल जरा उखेलिएको र मुलुक पुँजिवादी राज्य ब्यवस्थातर्फ अघि बढिरहेको स्थितिमा नेपाली जनताको मूल मुद्दा अस्तित्व र विकाससँग जोडिएर आएको छ । विश्व दुनियाँ पहिचान, स्वतन्त्रता र समानताको पक्षमा छन् । नेपालका विविध जात÷जाति, बर्ग र समुदाय पनि यही पक्षमा उभिएको छ । यसलाई दुवै गठबन्धनले आफ्नो भावी नीति, कार्यक्रममा समेट्नु जरुरी छ । अन्यथा, भ्रमको खेतीले भोट लुट्न सकिएला, देश बनाउन सकिदैन ।

लेखक -नेपाल तामाङ घेदुङका अध्यक्ष हुन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution