हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अमेरिकामा तामाङको अवस्था’ विषयक कार्यक्रम सम्पन्न

-एनपी परदेशी

याम्बु – अमेरिकामा तामाङको अवस्था बारेमा राजधनीको सुकेधारामा हालै एक जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । तामाङ सोसाईटी अफ अमेरिकाका अगुवाई ब्यक्तीहरु काठमाडौमा रहेको अवसर पारी नाम्सादिम छोरङान नेपालले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्तबाबु थोकरले समस्त तामाङ समुदायलाई भाषिक, धार्मिक, संस्कृतिक, आर्थिक एवं शैक्षिक क्षेत्रबाट अगाडि बढाउन संस्थाले विभिन्न ठाउँमा पहलसंगै सक्दो सहयोग गरीरहेको बताए । नेपालमा भुकम्पले जनजीवन प्रभाव पारेको बेला सोसाइटीले १३ लाख सहयोग नेपालमा पठाएको उनले स्मरण गरे । उत्तर अमेरिकामा छरिएर बसेका तामाङहरुलाई एक जुट बनाउँनका लागि २०१८ जनवरीमा आफ्नो सँयोजकत्वमा उत्तर अमेरिकी तामाङ सम्मेलन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

सोसाइटीका पूर्व अध्यक्ष तथा तामाङ कल्चरल बुध्दिष्ट सेन्टरका संयोजक इन्द्र तामाङले धर्म, संस्कार, संस्कृति राम्रोसंग नबुझ्ने उमेरमा आफू अमेरिका पुगेको बताए । त्यो बेलामा अमेरिकामा तामाङहरु कमै भेटिन्थे र आफू आफ्नो मौलिक संस्कार, संस्कृतिबाट टाढा हुनु परेको अनुभव सुनाउँदै उनले भने, ‘अहिले संरक्षण गर्नुपर्ने रहेछ भन्ने बुझेर त्यसमा लागिरहेको छु ।’ त्यसै क्रममा अमेरिकामा तामाङ कल्चरल बुध्दिष्ट सेन्टरको स्थापनाको लागि प्रयासरत रहेको बताउँदै यसको लागि करिव १ लाख डलर जम्मा गरेको सँयोजक तामाङले बताए ।

उक्त कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष भरत मोक्तान तामाङले अमेरिकामा तामाङ समुदाय फस्टाउँदो र आशा लाग्दो रुपमा अगाडी बढीरहेको बताए । ‘अमेरिकामा तामाङ युवाहरु शिक्षाको क्षेत्रमा अगाडी बढीरहेका छन् । तर अर्को तिर हाम्रा मौलिक संस्कार संस्कृती र मुल्य मान्यताहरु गुम्दै गएको अवस्था छ’, उनले भने । यो जटिल परिस्थितीमा युवा तथा बालबालिकालाई पुर्ख्यौली संस्कार र संस्कृती तर्फ आकर्षण हुने गरी काम गर्न आवश्यक भएको उनले बताए ।

 

कार्यक्रममा जन सम्पर्क मन्च अमेरिकाका सचिव भोजराज थोकर तामाङ, तामाङ सोसाइटी अफ अमेरिकाका सल्लाहकार तथा इन्द्रवती गाउँपालिकाका प्रमुख वंशलाल मोक्तान तामाङ, डा. मुक्त सिं तामाङ, भाषाविद् अजितमान तामाङ, बौध्दनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार तामाङ, व्यबसायी तथा समाजसेवी सिवी लामा तामाङ लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

अमेरिकामा बसोबास गरीरहेका तामाङहरुको बिविध अवस्थासंगै मौलिक धर्म, संस्कृतिलाई हेर्ने दृष्ट्रिकोणबारे जानकारी गराउन कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति हिरामान बल तामाङले बताए । तामाङहरु काम बिशेषले जहाँ जहाँ पुगे पनि आफ्नो मौलिक भाषा, धर्म, संस्कार संस्कृति तथा मूल्य मान्यताको संरक्षण एवं सम्बर्धन गर्न सबै लागि रहन तामाङले सुझाव राखेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution