हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

सिटौला झापा-३ मा चुनाव लड्ने, सुनसरी १ मा अशोक राईलाई समर्थन गर्ने तयारी

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर ३ राप्रपालाई नदिने भएको छ । त्यहाँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नै चुनाव लड्ने भएका छन्|

सिटौलाको नाम समानुपातिकको सूचीबाट हटाइएको छ । कांग्रेस शीर्षनेताहरुले आइतबार दिनभर प्रदेश र प्रतिनिधिसभाको समानुपातिकको बन्दसूचीबारे छलफल गरेका छन् ।

समानुपातिकको सूची संशोधनका लागि भोलिसम्म समय छ ।
‘उहाँ (सिटौला)ले म चुनाव लड्छु नै भन्नुभयो र शीर्षनेताहरुले त्यसमा सहमति जनाउनुभएको छ’ प्रचार समितिका संयोजक बालकृष्ण खाँडले भने ।

कांग्रेसले झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिए ।

सुनसरी १ मा अशोकलाई समर्थन, मीन समानुपातिकमा !
कांग्रेसले सुनसरी १ मा भने संघीय समाजवादी फोरमलाई समर्थन गर्नेबारे छलफल थालेको छ ।

संघीय फोरमले वरिष्ठ नेता अशोक राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ । ‘अशोक राईलाई समर्थन गर्नेबारे छलफल सुरु भएको छ’ नेता खाँडले भने ।

विश्वकर्माले चुनाव यो पटक प्रत्यक्ष चुनाव लड्न चाहेका थिए । सुनसरी १ मा राईलाई समर्थन गरे बाणिज्यमन्त्री मीन विश्वकर्मालाई समानुपातिकमा राखिनेछ । संघीय फोरमलाई त्यहाँ समर्थन गरेमा सुनसरीका बाँकी ३ क्षेत्रमा जितका लागि मद्दत पुग्ने कांग्रेसको विश्लेषण छ ।

कांग्रेसले राजपा र संघीय फोरमसँग तालमेलको प्रयास गरेको छ । तर, सहमति हुन सकेको छैन । यसबारे सोमबारबाट थप छलफल हुने कांग्रेसले जनाएको छ ।

राजपा र फोरमले कांग्रेससँग प्रदेश २ मा २४ सहित प्रतिनिधिसभाको ५५ र प्रदेशसभाको १३१ सिट मागेको छ । तर, कांग्रेसले यो दाबी आधारहीन भएको बताएको छ ।@onlinekhabar






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution