हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

फेसबुकद्वारा प्रयोगकर्ताको कुराकानी सुनेको आरोप अस्वीकार

सामाजिक सञ्जाल फेसबुकका विज्ञापन विभाग उपाध्यक्ष रब गोल्डम्यानले फेसबुक प्रयोगकर्ताको वार्तालाप सुनेर त्यसैअनुसार विज्ञापन पठाएको आरोप अस्वीकार गरेका छन्।

फेसबुकमाथि सञ्जालको माइक्रोफोनबाट आफ्ना प्रयोगकर्ताको वार्तालाप सुनेको आरोप लागेको थियो।

एउटा प्रविधि पडकास्ट रिप्लाई अलका प्रस्ततुकर्ता पिजे भोग्टले वार्तालाप सुनेको भनी गरेको ट्विटको जवाफ दिँदै गोल्डम्यानले आरोप अस्वीकार गरेका हुन्।

सञ्जालका धेरै प्रयोगकर्ताले वास्तविक जीवनमा तत्काल गरेका कुराकानीसँग सम्बन्धित विज्ञापन फेसबुकमा आउने गरेको बताएका थिए। भोग्टले यसरी वास्तविक कुराकानीसँग मिल्दाजुल्दा आएका विज्ञापनको विस्तृत विवरण दिन फेसबुकसँग आग्रह गरेका थिए।

‘म फेसबुकको विज्ञापनका उत्पादन हेर्छु,’ उपाध्यक्ष गोल्डम्यानले ट्विटको जवाफमा लेखेका छन्, ‘हामी विज्ञापनका लागि तपाईंको डिभाइसको माइक्रोफोन अहिले र कहिल्यै पनि प्रयोग गर्दैनौं। हामीले वार्तालाप सुन्ने गरेका छैनौं, यो हल्ला मात्र हो, सत्य होइन।’

अर्का फेसबुक प्रयोगकर्ताले गोल्डम्यानलाई के त्यसो भए इन्स्टाग्रामले चैं सुन्छ त भनेर सोधेका थिए। इन्स्टाग्राम पनि फेसबुककै स्वामित्वको सामाजिक सञ्जाल हो। त्यसको जवाफमा भने गोल्डम्यानले ‘हो’ भनेका थिए।

भोग्टले यससम्बन्धी गरेका सयौं ट्विटको उत्तर गोल्डम्यानले दिएका थिए।

फेसबुकले आफूले कहिल्यै यस्तो काम नगरेको गतवर्ष आफ्नो वेबसाइटमा उल्लेख गरेको थियो।

उसले लेखेको थियो, ‘हामी सर्वसाधारणको रुचि र प्रोफाइलमा उल्लेख सूचना जानकारीका आधारमा विज्ञापन देखाउँछौं।’

सैद्धान्तिक रुपमा सामाजिक सञ्जालमा आउने विज्ञापन र सञ्जालका प्रयोगकर्तासँग मिल्दाजुल्दा हुने संयोगवश मात्र भएको बताइन्छ। किनभने यसअघि सामाजिक सञ्जालमा आउने विज्ञापन र वास्तविक कुराकानीबीच कसैले पनि ध्यान दिएको थिएन।

‘तपाईं कुनै घटना निश्चित रुपमा घट्ने सम्भावनाको कुरा गर्नुहुन्छ भने,’ लन्डनस्थित इम्पेरियल कलेजका गणितका प्रोफेसर डेभिड ह्यान्डले भने, ‘अत्यन्त न्युन सम्भावना हुन्छ।’

गतवर्ष बेलायती सञ्चारमाध्यम बिबिसीले केही स्मार्टफोनले प्रयोगकर्ताको वार्तालाप सुने/नसुनेको बारे छानबिन गरेको थियो।

@एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution