हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

लोक गायक गुरुङलाई सहयोगार्थ यूएईमा सांगीतिक कार्यक्रम सम्पन्न

युएई । मिर्गौला रोगबाट पीडित चर्चित लोकगायक पूर्ण गुरुङको उपचारका लागि युएईमा सांगीतिक कार्यक्रम युएईमा भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को आयोजनामा ‘नन्दु राई सुसेली साँझ’ कार्यक्रम २७ अक्टोबर शुक्रबार भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रमबाट एक लाख ३ हजार रुपैयाँ उपचाररत गायक गुरुङलाई सहयोग गरिने कार्यक्रम संयोजक सन्तोष पौडेलले जानकारी दिए ।

यूएईको नेपाली सांगीतिक क्षेत्रमा भर्सटायल गायकका रुपमा परिचित धनकुटाका नन्दु राईको एकल साँझ कार्यक्रमबाट प्राप्त मुनाफा आर्थिक अभावका कारण शिक्षण अस्पतालमा सहयोगको याचना गरिरहेका गायक गुरुङलाई समर्र्पित गर्ने आयोजकले बताएको छ ।

युएईको रासअल खेमामा राज्यको अल तमाम रेस्टुरेन्टमा आयोजना भएको उक्त कार्यक्रममा गायक राईले ‘सुसेली लाउने, ‘परदेशमा आइयो’, ‘आई लभ यु’ जस्ता ९ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए ।

संगीतका तिनै पक्ष शब्द रचना, संगीत संयोजन र गायनमा बराबर दक्षता राख्ने राई विगत आठ वर्षदेखि यहाँको सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् ।

गायक राईको पछिल्लो गीत ‘आई लभ यु’ ले युट्युबमा ५ महिनाको अन्तरालमा करिब १३ लाख भ्युवर्स पाएको छ ।

यो गीतको सफलताले राईको संगीतकर्मलाई एउटा नयाँ मोड दिएको छ । उनी युएईका मञ्चहरुमा सर्वाधिक रुचाइएका गायकमध्ये एक हुन् ।

लोक, लोक पप, आधुनिक तथा गजल गायनमा सिद्धहस्त गायक राईले उक्त कार्यक्रमबाट उपचाररत गायकका लागि केही आर्थिक सहयोग पुग्ने बताएका छन् ।

कार्यक्रममा युएईमा संघर्षरत केही कलाकारहरुका प्रस्तुतिका साथमा नन्दु राईको एक सांगीतिक एल्बम सबैलाई वितरण गरिएको थियो ।

नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा नेपाली सोसियल क्लबका अध्यक्ष सालिक सुवेदी, इनासका अध्यक्ष रेखा घिमिरे, एनआरएन राक अध्यक्ष जनार्दन सुवेदी विशेष अतिथिका रुपमा उपस्थित थिए ।

यसैबीच राखअल खेमाको नेपाली समुदायमा सहयोगी, साहित्यिक तथा सामाजिक व्यक्तित्वको परिचय बनाएका झापाली समाज र एनआरएन राक क्षेत्रका सचिव सुनील चौहानलाई अन्तर्राष्ट्रिय कलाकार समाज, युएईले सोही सांगीतिक कार्यक्रममा सम्मानका साथ बिदाई गरेको इनासका महासचिव राम तामाङले जानकारी दिएका छन् ।@अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution