नेपाल तामाङ घेदुङ इजरायलद्वारा सोनाम ल्होछार मनाउने तयारी

तेलअविव-नेपाल तामाङ घेदुङ,इजरायलद्वारा तामाङ जातिहरुको महान राष्ट्रिय, धार्मिक,संस्कृतिक चाड मन्जुश्री सम्बत २८५४ नागि ल्हो ( कुकुर बर्ग ) सोनाम ल्होछार आउदो १९ जनवरी २०१८ तारिख (शुक्रबार) स्तुपा हल ,स्ट्रीट -किबुज गालुयोत -४६ तेलअविवमा ल्होछार संस्कृतिक कार्यक्रम भब्यताका साथ मनाउने भएको छ।
कार्यक्रम को लागि नेपालबाट आमन्त्रित चर्चित लोकप्रिय सेलो गायक तथा संगीतकार बिश्व दोङ तामाङ,चर्चित संगीतकार तथा गायक टीका बोम्जन तामाङ र चर्चित म्हेन्दोमाया गायक सुमन घले तामाङ बेजोड प्रस्तुतिको साथमा इजरायलमा रहेका चर्चित कलाकारहरुको मनोरञ्जनमय सांगेतिक प्रस्तुति संगै रात्रीभोजको ब्यबस्था रहेको संस्थाका महासचिव गोमा ख्युङ्वा तामाङ ( शरिन )ले जानकारी दिनु भएको छ ।
संस्थाले तामाङ समुदायको मौलिक भाषा ,धर्म,भेषभुषा , संस्कृति कला – साहित्य र चाडपर्व परम्पराहरुको सम्बर्धन, संरक्षण र विकास गर्दै सन् २०१० देखि इजरायलमा सोनाम ल्होछार लगायत विविध कार्यक्रमहरु आयोजन गर्दै आईरहेको छ |
इजरायलबासी सम्पूर्ण तामाङ ज्योज्यो-आले ,नाना आङाहरु लगायत समस्त आदरणीय नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुमा सोनाम ल्होछार संस्कृतिक साँझ-२०१८ कार्यक्रममा आफ्नु गरिमामय उपस्तिथी जनाई बिगतका बर्षहरुमा झैँ यसपाली पनि भव्यताको साथ सोनाम ल्होछार कार्यक्रम सफल पारिदिनु हुन नेपाल तामाङ घेदुङ,इजरायल द्वारा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ ।