अमेरिकी षड्यन्त्रमा फिडेल क्याष्ट्रो र चे ग्वेभाराको हत्या भएको खुलासा

अमेरिका, कात्तिक ११ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा पूर्व राष्ट्रपति जोन अफ केनेडीको हत्यासँग जोडिएका २८ सय गोप्य दस्तावेज सार्वजनिक गरिएपछि एकपछि अर्को पहलु खुल्दै गएका छन् ।
यसैक्रममा क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रोको हत्याका लागि अमेरिकाले गरेको षड्यन्त्रको खुलासा भएको हो । बिहीबार जारी दस्तावेजमा अमेरिकी गुप्तचर विभाग र फ्लोरिडाबाट आएका क्यूवाली आप्रवासीबीचका केही बैठकमा क्याष्ट्रोको हत्याको षड्यन्त्र रचिएको खुलेको हो ।
उक्त दस्तावेजमा क्याष्ट्रोसहित विश्वका विभिन्न ठूला नेताको हत्याका लागि मूल्य तोकिएको उल्लेख छ । जसमा क्याष्ट्रोलाई मार्न १ लाख अमेरिकी डलर, उनका भाई राहुल क्याष्ट्रोलाई मार्न २० हजार डलर र चे ग्वेभारालाई मार्न २० हजार डलर रकम दिइने उल्लेख छ ।
दस्तावेज सार्वजनिक भएपछि पूर्व राष्ट्रपति केनेडीको हत्यासँग जोडिएका रहस्य र अरु तथ्य पनि पर्दाफास हुने अनुमान गरिएको छ । केनेडीको हत्या हार्वी ओसवाल्डले गरेको ठहर्याइए पनि अर्को व्यक्ति पनि संलग्न रहेको आशंका गरिएको छ । केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा डलासमा हत्या गरिएको थियो ।
५० लाख पेज लामो उक्त दस्तावेजका केही फाइल भने राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षाका कारण सार्वजनिक गर्न रोक लगाउने भएका छन् । एजेन्सी