हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

धादिङको त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुग्यो, १३ जनाको सनाखत

काठमाडौं । राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । मृतक मध्ये ११ जना पुरुष, १० महिला र १० जना बच्चा रहेको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

“१३ जनाको सनाखत भएको छ,” भण्डारीले बाह्रखरीसँग भने, “म अहिले घटनास्थलमा नै छु, खोजी र उद्दार कार्य अन्तिम चरणमा पुगेको छ ।”

भण्डारीका अनुसार १३ जनाको मात्रै सनाखत भएको छ । सनाखत हुनेमा चन्द्रलेखा प्रमाणी, सिम्मीकुमारी झा, पार्वती चौधरी, सञ्जितकुमार झा, आदित्य यादव, ममतादवी ठाकुर, रामानन्द यादव, सुसान्त चौधरी, नरेश मुखिया, मञ्जितकुमार झा, चन्द्रवती झा, चन्द्ररेखा प्रमाणी, राजकपुर यादव छन् । अन्यको सनाखत हुन बाँकी छ ।

भण्डारीले नदीबाट गाडि तानेर किनारमा ल्याइसकिएको र थप खोजि भैरहेको जानकारी दिए । “घाइते १६ जना मध्ये २ जनालनई काठमाडौं ट्रमा सेन्टर पठाएको थियौं, जानकारीमा आएसम्म उहाँहरुको अवस्था सामान्य छ,” प्रजिअ भण्डारीले भने, “बाँकी १४ जना सामान्य चोटपटक लागेको मात्रै हो । बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण आइनसकेको भन्दै उनले भने, “घाइतेले भने अनुसार ६४ जना यात्रु सवार थिए । चलानी भेटिएको छैन । उहाँहरुका अनुसार सिराह गोलबजारबाट कोही पनि यात्रु चढेको छैन ।” तिहार र छठ पर्व सकेर काममा काठमाडौं फर्किएका दुर्घटनामा परेका हुन् ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित गरिएको प्रजिअ भण्डारीले भने । शनिबार बिहान ना ४ ख १४६६ नम्बरको बस धादिङको बागेमोडस्थित त्रिशूली नदीमा खसेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution