सिन्धुपाल्चोकमा बौद्धधर्म प्रबचन तथा अन्तरकृया कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक जिल्ला मेलम्ची गिरान्चौर वाड न १२ निवासी नोर्बु तामाङ, आशमान तामाङ, क्षितिज तामाङ र श्री तामाङ को पहलमा मेलम्ची नगर पालिका वडा न. १२ गिरान्चौर स्थित नाम्ड़ोलिङ साङग गुम्बाको आयोजनामा बौद्ध धर्म सस्कार सस्कृति बिषय लगायत तामाङ समुदायको लोछार ताम्बा , गान्बा , बोम्बो , लामा र राजनीति बारे एक दिने बौद्ध धर्म प्रबचन एवं अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ |
उक्त एक दिने बौद्ध धर्म सस्कार सस्कृती तथा प्रबचन अन्तरकृया कार्यक्रमको प्रमुख अतिथि तामाङ बौद्ध महासंघ नेपालका अध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु तामाङ खेन रिन्पोक्षे ज्यु हुनु हुन्थ्यो भने बिशेष अतिथिमा तामाङ बौद्ध महासंघ नेपाल कै उपाध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङ हुनु हुन्थ्यो भने उक्त कार्यक्रम मा तामाङ बौद्ध महासंघ नेपालका अध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु तामाङ खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यु द्वारा नाम्डोलिङ साङ्ग गुम्बा निर्माणको लागि आर्थिक सहयोग सोरुप नेपाली रु २१५६५ हजार रुपैयाँ पनि गुम्बाको प्रमुख लामालाई हस्तान्तरण गरिएको थियो |
उक्त एक दिने बौद्ध धर्म प्रबचन तथा सस्कार सस्कृती अन्त्ररकृया कार्यक्रम मा भक्त जनहरुको पनि बाख्लो उपस्थिति रहेको थियो ।