हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

तिब्र गतिका कारण त्रिशुलीमा बस दुर्घटना, नदीबाट १९ जनाको शव निकालियो

शनिबार विहान साढे ५ बजेतिर काठमाडौं आइरहेको बस धादिङको घारबेसीबाट त्रिशुली नदीमा खस्यो। बस मोडमा मोड्न नसकेर सिधै त्रिशुली नदीमा खसेको देखिन्छ।

बसमा यात्रा गरिरहेका १६ जना उछिट्टिएर नदी किनारमा घाइते अवस्थामा भेटिए। स्थानीय र प्रहरीले उनीहरुलाई उपचारका लागि गजुरीस्थित अस्पतालमा लगे।

प्रहरीले उद्धारका लागि सेना र सशस्त्र प्रहरीलाई बोलायो।
सुरुमा एक महिलाको शव नदीबाट निकालियो। त्यसपछि एक बालकको शव भेटियो। विहान साढे ११ बजेसम्म उद्धारकार्य जारी रहदाँ १९ जनाको शव त्रिशुली नदीबाट निकालिएको छ। प्रहरीले अझै केही जनाभन्दा बढी हराइरहेको आशंका गरेको छ। बसमा कति जना सवार थिए भन्ने यकिन छैन ।

राजविराजबाट १५ जना यात्रुको चलानी लिएर ना ६ ख १४६६ नम्बरको बस राती १० बजेतिर हेटौंडा आइपुगेको थियो । त्यसपछि सोही कम्पनीको अर्को ना ६ ख १४६७ नम्बरको बसमा यात्रु चढाएर काठमाडौं पठाएको थियो।

हेटौंडाबाट ३५ जना भन्दा बढी यात्रु लिएर बस काठमाडौं हिँडेको मध्य क्षेत्र प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी सुरेन्द्र मैनालीले बताए।

तिब्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीले निष्कर्ष निकालेको छ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले  भने, ‘तिब्र गतिमा रहेको बस अनिन्त्रित हुदैँ नदीमा खसेको देखिन्छ।’

हेटौंडाबाट बस नारायणघाट आउने बेलादेखि नै चालकले बस तिब्र गतिमा कुदाउँदै आएको घाइते यात्रुहरुले आफूलाई बताएको उनले बताए। ‘यात्रुहरुले बस धेरै नकुदाउन आग्रह गरेका पनि रहेछन्’ उनले भने।

प्रहरीका अनुसार बस चालक फरार रहेका छन् ।

हेटौंडाबाट बस परिवर्तन हुदाँ बसका मालिकसँग प्रहरीले चालकबारे बुझ्न खोजेपनि जानकारी दिएका छैनन् । कन्डक्टर र खलासी भने नदीमा बेपत्ता भएका छन् ।

अहिले हामी बस दुर्घटनामा कसरी पर्यो भनेर अनुसन्धान गर्ने भन्दा पनि वेपत्ता भएकाहरुलाई खोज्न लागिपरेका छौं, सिंहले भने ।

@सेतोपाटी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution