हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

हेभिवेट’का नाममा महिलालाई उम्मेदवार बन्नबाट वञ्चित

काठमाडौँ,  कात्तिक (रासस) ः राजनीतिक नेत्रीहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट)को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उम्मेदवार बन्नबाटै पन्छाउने खेल भएको भनी आपत्ति जनाउनुभएको छ ।

‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा शुक्रबार भएको अन्तक्र्रियामा सहभागी वक्ताले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सच्याउनका लागि दबाब दिन जुलुस र धर्नासम्मका विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा ८०७ जनाको उम्मेदवारी परेकामा त्यसमा महिला उम्मेदवार ४१ छ । तीमध्ये १८ जना प्रतिनिधिसभामा र २३ जना प्रदेशसभामा उम्मेदवार रहेकामा केही महिला उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो ।

नेपालको संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित गरेको छ । पहिलो चरणको निर्वाचनमा महिलाको सरदर उम्मेदवारी पाँच प्रतिशतको हाराहारीमा मात्र भएपछि महिला नेत्रीबाट त्यसप्रति आपत्ति व्यक्त भएको हो ।

मुलुकमा राजनीतिक परिवर्तन भए पनि नेताहरुमा महिलाप्रति हेर्ने दृष्टिकोणमा सुधार आउन नसकेको भनी चिन्ता व्यक्त गर्दै उहाँहरुले महिलाको समस्या राज्यको सवालका रुपमा नबुझ्दा महिला प्रतिनिधित्व कमजोर देखिएको टिप्पणी गर्नुभयो ।

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले आगामी निर्वाचनका लागि पार्टीबाट ६० महिलाको नाम मागिएकामा जम्मा दुई जनालाई मात्र पहिलो चरणमा टिकट दिइएको जनाउँदै यस्तै अवस्था रहने हो भने अब कडा कदम चाल्न बाध्य हुनेछौँ भन्नुभयो ।

एमाले नेत्री तथा गैरसरकारी महासंघ नेपालका पूर्वअध्यक्ष शर्मिला कार्कीले राजनीतिक दलले महिलाका लागि अवसर नै नदिने हो भने प्रतिस्पर्धी क्षमता कसरी देखाउन सकिन्छ भन्दै जिल्ला तहबाटै महिला उम्मेदवारको नाम कटाउने प्रवृत्तिलाई रोक्न आवश्यक छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)की नेत्री रेखा शर्माले महिलाको सवालमा दलभित्र संघर्षका आवाज उठाउँदा उठाउँदा हैरान भएको प्रसंग उल्लेख गर्दै निर्वाचन प्रणालीमै सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । “निर्वाचन प्रणाली एकैखालको हुन आवश्यक देखिएकाले संविधान संशोधनमा पहिला यो विषयमा संशोधन हाल्न आवश्यक छ” उहाँले भन्नुभयो ।

नेकपा (माले)की नेत्री नीलम केसीले राजनीतिक दलभित्र महिलाप्रति हेर्ने सोच र दृष्टिकोणमा सुधारको खाँचो औँल्याउँदै भन्नुभयो, “निर्वाचन प्रणाली महँगो भयो, निष्ठा र इमानको राजनीति गर्नेलाई निकै अप्ठेरो अवस्था छ ।”

राजपा नेपालकी नेत्री पुष्पा ठाकुरले परिवर्तनका कुरा गर्ने राजनीतिक दलका नेतालाई महिला सहभागिता कमजोर रहेको विषयमा ध्यानाकर्षण गराउन आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा नेत्री मीना पाण्डे, शशी श्रेष्ठ, अमृता थापा मगर तथा अधिकारकर्मी लिली थापा, सलोनी श्रेष्ठ, पत्रकार टंक पन्त र गुणराज लुइँटेलले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार बन्न नचाहेको भन्ने भ्रमलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।
संविधान र कानूनमा आरक्षण र बराबरीको कुरा लेखिए पनि पितृसत्तात्मक दृष्टिकोणले महिलाले प्रतिस्पर्धी बन्न पाउने अधिकार नै अपहरणमा परेको बताउँदै उहाँहरुले कानूनी बाध्यात्मक व्यवस्था नभएसम्म महिलाको प्रतिनिधित्व सुनिश्चित हुन निकै कठिन रहेको धारणा व्यक्त गर्नुभयो ।

मानवाधिकारकर्मी डा श्रीराम लामिछानेले तथाकथित हेभिवेटका नामा टिकट चेट हुने अवस्थाको अन्त्यका लागि दलभित्र आमूल परिवर्तनको विषयमा बहस चलाउनुपर्छ भन्नुभयो ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतदाता एक करोड ५४ लाख २७ हजार ९३५ मध्ये महिला ७६ लाख ५१ हजार १४१ छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution